६४ सय ऋणी कालोसूचीमा अधिक मात्रामा बढ्यो खराब कर्जा, को-को छन् कालो सूचिमा हेर्नुहोस



वित्तीय संस्थाबाट कर्जा लिएर नतिर्नेको संख्या वर्षेनी बढ्दै गएको छ । आर्थिक वर्ष ०७४र७५ को असार मसान्तसम्म ६ हजार ४ सय ५४ जना ऋणी कर्जा सूचना केन्द्रको कालोसूचीमा परेका छन् ।

विभिन्न बैंकहरुबाट कर्जा लिएर तिर्न नसकेपछि हालसम्म ६ हजार ४ सय ५४ कम्पनी र तिनका मालिकलाई कालोसूचीमा राखिएको केन्द्रले जनाएको छ ।

केन्द्रले ०४६ सालदेखि कर्जा तिर्न नसकेका व्यक्ति तथा कम्पनीलाई कालोसूचीमा राख्दै आएको छ ।

कर्जा नतिरेर कालोसूचीमा परे पनि पछि कर्जा चुक्ता भइसकेपश्चात केन्द्रले कालोसूचीबाट हटाउने गरेको छ ।

कुन कुन कम्पनी परे कालोसूचीमा ?

कर्जा सूचना केन्द्रले आर्थिक वर्ष ०४६र४७ मा २६ वटा कम्पनीलाई कालोसूचीमा राखेको थियो ।

केन्द्रको कालोसूचीमा सबैभन्दा पुरानो हेटौंडा लेदर इन्डष्ट्रिज देखिएको छ । यस कम्पनीलाई केन्द्रले ०४६ फागुन २१ गते कालोसूचीमा राखेको थियो । हालसम्म पनि यो कम्पनी कालोसूचीमा नै रहेको छ ।

यसैगरी केवल एण्ड प्लाष्टिक प्रालि, सिर्जना पानी मिल, सरयुगदास मथुराप्रसाद, काठमाडौं अटोमोवाइल डिस्ट्रिव्यूटर्स प्रालि, निलम हृयाचेरी प्रालि, गणेश इन्टरनेशनल ट्रेड इन्टरप्राइजेज, एभरेष्ट हृयाण्डि क्राफ्ट, अल्का ट्राफिक कन्सर्न, यति कन्फेक्टीनरी उद्योग, मिलम फिड प्रोडक्ट्स, मिलम हृयातचेरी उद्योग कालोसूचीमा परेका छन् ।

सोही आर्थिक वर्षको असार महिनामात्रै ओम लघु खाद्य उद्योग, पशुपति दाल उद्योग, पशुपति काष्ठ उद्योग, पशुपति तेल उद्योग, राधाकृष्णप्रसाद कलवार, रञ्जना इन्टरप्राइजेज, शोभा इन्टरप्राइजेज, दुर्गा दाल एण्ड तेल मिल, माइती इन्टरप्राइजेज, नारायणी राइज मिल, माइती काक्ष्ठ उद्योग, पुष्प गलैचा उद्योग कालोसूचीमा परेका थिए ।

केन्द्रले कम्पनी र तिनका सञ्चालकको नाम समेत उल्लेख गरेर कालोसूचीमा राखेको छ । माथिका सबै हालसम्म पनि कालोसूचीबाट हट्न पर्न सकेका छैनन् ।

ऋण नतिर्नेको संख्या झन् थपिँदै

आर्थिक वर्ष २०४६र४७ देखि निरन्तर रुपमा हरेक वर्ष ऋण नतिर्ने र कालोसूचीमा पर्नेको संख्या बढेको छ । कालोसूचीमा पर्नेको संख्या आर्थिक वर्ष २०७३र७४ भन्दा ०७४र७५ मा २ सय ११ प्रतिशतले वृद्धि भएको सूचना केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार आर्थिक वर्ष २०७४र७५ मा १ हजार ३ सय १३ वटा कम्पनी र तिनका सञ्चालक कालोसूचीमा परेका छन् । अघिल्लो वर्ष भने जम्मा ६ सय ९२ जना मात्रै कालोसूचीमा परेका थिए ।

चालु आर्थिक वर्षको पहिलो महिना सूचना केन्द्रले ६९ जनालाई कलोसूचीमा राखेको थियो । त्यसपछि भदौमा ९२ जना र असोजमा १ सय ८ जनालाई कालोसूचीमा राखेको केन्द्रले जनाएको छ ।

कात्तिक महिनामा १ सय ४ जनालाई कालोसूचीमा राखेको केन्द्रले मंसिरमा भने ९२ जनालाई मात्रै कालोसूचीमा राखेको थियो ।

यसैगरी पुष महिनामा आइपुग्दा १ सय १ जनालाई र माघमा ९२ जनालाई केन्द्रले कालोसूचीमा थप गरेको छ । फागुनमा १ सय १० जना र चैत्रमा १ सय ४२ जना विभिन्न कम्पनी र तिनका सञ्चालक कालोसूचीमा परेका छन् ।

२०७५ सालको पहिलो महिना वैसाखमा ९३ जना कालो सूचीमा परेकोमा चालु आवको जेठ महिनामा केन्द्रले १ सय ४२ जनाको नाम कालोसूचीमा राखेको छ ।

चालु आर्थिक वर्षको असार महिना नै यस वर्षको धेरै कालोसूचीमा पर्ने महिना हुने सम्भावना देखिएको छ । असार महिनाको १ गतेदेखि २४ गतेसम्म मात्रै १ सय ३४ जनालाई सूचना केन्द्रले कालोसूचीमा राखेको छ ।

अनुत्पादक क्षेत्रको लगानी घातक

धेरैजसो अनुत्पादक क्षेत्रमा गरेको लगानी डुब्ने गरेको नेपाल राष्ट्र बैंकको भनाइ छ ।

अनुत्पादक क्षेत्रमा लगानी गर्दा डुब्ने र कर्जा तिर्न नसके पछि कालोसूचमिा पर्ने राष्ट्र बैंकको दाबी छ । यद्यपि, धेरै उत्पादनमूलक उद्योग र तिनका सञ्चालक समेत कालोसूचीमा पर्ने गरेको सूचना केन्द्रले जनाएको छ ।

कर्जा लिएर उतपादनशील क्षेत्रमा नै लगानी गरे पनि लगानीको सदुपयोग गर्न नसक्दा ऋणीहरु कालोसूचीमा पर्ने गरेका छन् ।

विशेष गरेर शेयर बजार तथा घरजग्गामा गरेको लगानी डुबेर कर्जा तिर्न नसकेपछि कालोसूचीमा धेरैको नाम समावेश हुने गरेको जानकारहरु बताउँछन् ।

केन्द्रको कालो सूचनामा ठूला(ठूला व्यापारिक घरानाका व्यक्तिहरु र तिनीहरुको कम्पनीसमेत पर्ने गरेका छन् । असार महिनामा केन्ऽको कालोसूचीमा एयर एशिया प्रालिको जनरल सेल्स एजेन्ट ९जीएसए० लिने इन्सेन्टिभ ग्रुप अफ कम्पनीका अध्यक्ष हरिमान लामासमेत परेका छन् । इन्सेन्टिभ ट्राभल्स एन्ड टूर्सका हरिमानसहित गणेशमान लामा र किरण खड्कासमेत कालोसूचीमा परेका छन् ।

प्रतिक्रिया दिनुहोस
सिंहदरबारमा प्रचण्ड, माधव र राजेन्द्र श्रेष्ठ भेट

  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार

तेल बेचेर नाफा कमायौं भन्दै निगम रमाउने दिन धेरै छैन : मन्त्री भण्डारी

    उदोग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपाल आयल निगम लिमिटेड तेल

प्रेस चौतारीको महाधिवेशन उद्घाटन प्रधानमन्त्री ओलीले गर्ने

    नेकपा एमालेनिकट पत्रकारहरूको संगठन प्रेस चौतारी नेपालको फागुन २५-२७ गतेसम्म विराटनगरमा

अमेरिकाको भर्जिनियामा पोखरीमा कार डुब्दा २ नेपालीको मृत्यु

    अमेरिकाको भर्जिनियास्थित स्यान्टिली शहरमा भएको कार दुर्घटनामा दुई जना नेपालीको मृत्यु