जुम्लामा गोली चल्यो, एक प्रहरी सहित दर्जनौ प्रदर्शनकारी घाइते



हाम्रो इकोनोमि

जुम्लाः प्राध्यापक डाक्टर गोविन्द केसी अनशनरत जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान ुरणभूमिुमा परिणत भएको छ । बिहानैदेखि डाक्टर केसीलाई प्रतिष्ठानबाट निकालेर काठमाडौँ पठाउन प्रयासरत प्रहरी र केसीका समर्थक तथा विद्यार्थीहरुबीच झडप हुँदा अस्पताल ुरणभूमिु बनेको हो ।

केसी अनशनरत प्रतिष्ठानमा पस्न खोजेका प्रहरीलाई रोक्न भेला भएका विद्यार्थीसँग झडप हुँदा दर्जनौँ घाइते भएका छन् । झडपका क्रममा गोली चल्दा एकजना प्रहरी गम्भीर घाइते भएका छन् । छातीमा गोली लागेका उनको अहिले प्रतिष्ठानमै उपचार भइरहेको छ ।

झडपका क्रममा प्रहरीले बल प्रयोग गर्दा अस्पतालका भौतिक सामग्री क्षतिग्रस्त भएका छन् । अस्पतालभित्र झडपका क्रममा अश्रुग्याससमेत हानिएपछि विद्यार्थीहरुबीच भागाभाग भएको छ । झडपका क्रममा दर्जनौँ विद्यार्थी घाइते भएपछि अनशनर डा केसीले आफूले विद्यार्थीको रगत बगेको देख्न नसक्ने भन्दै काठमाडौँ जान तयार भएको बताएका छन् ।

 

प्रतिक्रिया दिनुहोस
पाल्पामा जिप दुर्घटना, तीन जनाको मृत्यु

    पाल्पामा जिप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । अरूणखोलाबाट रामपुर...

आज ४ जना मन्त्रीको शपथ

    अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीले आज मन्त्रिपरिषद् विस्तार गर्दै छिन् । कार्कीले...

ओलीमाथि लगाइएका आरोपले राज्यसंयन्त्र ध्वस्त हुन्छ – रामकुमारी झाँक्री

     नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले भदौ २३ गतेको घटनाका सम्बन्धमा पूर्वप्रधानमन्त्री...

आज र भोलि नागढुंगा–मलेखु सडक खुला हुने

    दैनिक पाँच घण्टा आंशिक बन्द गरेर स्तरोन्नति भइरहेको नागढुंगा मलेखु सडकखण्ड...