भित्र भित्रै धमिरा लागेको कांग्रेस फेस सेभका लागि आन्दोलनमा



हाम्रो इकोनोमि

नेपाली कांग्रेसका शीर्ष नेता सम्मिलित पदाधिकारी बैठकले सरकारको विरोध गर्ने निर्णय बाहेक अरु केही निर्णय गर्न सकेन् । बुधबार सभापति शेरबहादुर देउवा निवासमा बसेको सो बैठकले पार्टीको आन्तरिक समस्यामा विवाद भएपछि अरु कुनै निर्णय गर्न नसकेको एक नेताले बताए । यहि विवादका कारण भदौभित्र गर्ने भनिएको नेपाली कांग्रेसको महासमिति बैठक अनिश्चित भएको छ ।

गत जेठमा बसेको केन्द्रीय कार्यसमितिको बैठकले असारमा जिल्ला सभापतिहरूको भेला र भदौभित्रमा महासमिति बैठक बोलाउने निर्णय गरेको थियो । सो निर्णयबमोजिम सभापतिहरूको भेला सम्पन्न भए पनि त्यसयता पार्टी्भित्र चुलिएको विवादले महासमितिलाई अनिश्चित बनाएको छ ।

स्रोतका अनुसार देउवा महासमिति बैठक तत्काल डाक्ने पक्ष छैनन् । दसैंतिहार जस्ता चाडबाड देखाउने र महासमितिलाई दसैंपछि मात्र बोलाउने तयारीस्वरूप उनले तयारी थालेको बुझिएको छ । महासमिति बैठक सार्ने वातावरण बनाउन उनले निकट सहयोगीहरूलाई गोप्य सर्कुलर गरिसकेको बताइन्छ ।

पछिल्लो समयमा अधिवेशन सम्पन्न भएका भ्रातृ संस्थामा पराजित भएपछि देउवा तनावमा भएको बुझिएको छ । भ्रातृ संस्थाको निर्वाचन परिणामबाट पार्टी्भित्रैबाट आफू घेराबन्दीमा परेको निष्कर्षमा उनी पुगेको बताइन्छ ।

त्यसमाथि महाधिवेशनमा साथ दिएको कृष्णप्रसाद सिटौला समूहले अहिले साथ छाडेपछि यही अवस्थामा महासमिति बोलाउँदा आफ्नै लागि प्रत्युत्पादक हुने देउवाको बुझाइ रहेको बताइन्छ ।

पार्टीमा अलि बढी अर्थ राख्ने भ्रातृ संस्था नेविसंघ र महिला संघ हुन् । यी दुवैमा नेतृत्व देउवा समूहकै छ । नेतृत्व भए पनि नेविसंघमा देउवा समूह अल्पमतमा छ । त्यहाँभित्रको विवाद यति छताछुल्ल छ कि असन्तुष्ट समूहले भदौ अन्तिममा मिति तोकेरै महाधिवेशन डाकेको छ ।

महिला संघभित्र पनि तीव्र विवाद छ । एकातिर आफैंले गराएका धेरै भ्रातृ संस्थामा भएको हार, आफ्ने नेतृत्वले जितेका भ्रातृ संस्थामा पनि चरम विवाद साथै अर्का्तिर पार्टीको समीकरणमा पनि एक्लै भएको अवस्थामा महाधिवेशन गर्दा झन् कमजोर हुने उनका निकटस्थहरूले सुझाएको बुझिएको छ ।

अहिले कांग्रेस भित्रको कलह भित्र भित्रै धमिरा लागेको काठ जस्तो भएको छ। यद्यपी सरकार विरुद्ध आन्दोलन गर्ने घोषणा गरेर पार्टीलाई सग्लो देखाउने प्रयास भएको छ ।

 

प्रतिक्रिया दिनुहोस
गति अनुसार मति बनाउन ईश्वरको सुझाव

  नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले पार्टीको ऐतिहासिक पृष्ठभूमि, सिद्धान्त र संगठनात्मक मजबुतीलाई...

सभामुखमा डीपी अर्यालको उम्मेदवारी दर्ता

    रास्वपा उपसभापति डोलप्रसाद अर्याल (डीपी अर्याल)ले सभामुख पदमा मनोनयन दर्ता गराएका...

एसईईका नक्कली परीक्षार्थी पक्राउ

     माध्यमिक शिक्षा परीक्षा (एसईई)मा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक...

युद्ध लम्ब्याउने कि फर्किने संकटमा ट्रम्प

    अमेरिकी गुप्तचर निकायले इरानसँग अझै शत्तिशाली क्षेप्यास्त्र प्रहार क्षमता कायम रहेको...