कांग्रेसने नेता पौडेलले कम्युनिस्ट सरकार कमाउ धन्दामा लागेको यसरी लाए आरोप



नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिस्ट सरकार कमाउ धन्दामा लागेको आरोप लगाएका छन् ।

नेपाली कांग्रेस, मकवानपुरले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै वरिष्ठ नेता पौडेलले भने, ‘कम्युनिस्ट सरकार कमाउ धन्दा गर्नेलाई मात्रै पोस्दै छ । यो कुराको पुष्टि सरकारले संसदमा पेश गर्ने तयारीमा रहेको चिकित्सा शिक्षा सम्बन्धी विधेययकबाट हुन्छ ।’

गुणस्तरीय शिक्षा अहिलेको आवश्यकता भएको भन्दै पौडेलले कम्युनिस्ट सरकार माफिया पोस्न लागेको आरोप लगाए । उनले डा। गोविन्द केसीका माग जायज भएकाले त्यसको रक्षामा लाग्न कार्यकर्ताहरुलाई निर्देशनसमेत दिए ।

कम्युनिष्ट सरकारले समाजवाद नभएर नयाँ शोषक वर्ग जन्माउन खोजेको भन्दै उनले कम्युनिस्ट सरकारको वेथिती र विकृतिकविरुद्ध कांग्रेसले सांकेतिक आन्दोलन थालेको बताए ।

‘हाम्रो त सिद्धान्त भनेको निमुखालाई न्याय र विपन्नलाई आय नै हो’, पौडेलले भने ।

पौडेलले आफ्नो आचरणलाई सुधारेर कांग्रेसलाई बचाउन र जगाउन कार्यकर्ताहरुलाई निर्देशन दिए । कर्मशील कांग्रेस बनेर जनताको बीचमा जानुपर्ने उनको मत छ ।

 

प्रतिक्रिया दिनुहोस
बाढी, पहिरो र डुबानमा परी हालसम्म २४६ को मृत्यु

    हालैको बाढी, पहिरो तथा डुबानमा परेर मृत्यु हुनेको संख्या दुई सय

चितवनमा प्रभु बैंकको एजुकेशन हबको शुभारम्भ

    बैदेशिक शिक्षाको अध्ययन गर्न जाने विद्यार्थीहरुलाई ऋण सहजताको लागि प्रभु बैंकले

दुर्गाका समर्थकले आगो लगाएका ट्रकका चालकको मृत्यु

    दुर्गा प्रसाईं पक्राउको विरोध गर्दै उनका समर्थकद्वारा आगजनी गरिएको भारतीय ट्रक

हेटौँडा-काठमाडौं जोडने सबै सडक मार्ग सुचारु

    गत असोज १०-१२ गते परेको अविरल वर्षापछि आएको बाढी पहिरोको कारण