शिक्षा मन्त्री पोखरेल भन्छन् –डा केसीलाई बचाउन हेलिकोप्टर पठाइएको हो, नआए उनकै ज्यान खतरामा



हाम्रो इकोनोमि

बीस दिनदेखि जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनशनरत चिकित्सक डा गोविन्द केसीको जीवनरक्षाका लागि काठमाडौँ ल्याउन सरकारले बिहिबार बिहान हेलिकोप्टर पठाएको छ ।

उनको जीवनरक्षा र स्वास्थ्य उपचारका लागि काठमाडौँ ल्याउनु अत्यावश्यक भएकाले बिहान हेलिकोप्टर पठाइएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले जानकारी दिए । मन्त्री पोखरेलले भने आउन नमाने केसीकै ज्यान खतरामा पर्ने हो ।

मन्त्रालयका सचिव खगराज बरालको टोली उनलाई लिन गएको हो । काठमाडौँ ल्याएपछि केसीलाई तत्काल महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा राखिनेछ ।

बुधबार राति प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ मन्त्रीसहितको बैठकले केसीको स्वास्थ्य खराब हुँदै गएकाले काठमाडौँ ल्याउने निर्णय गरिएको मन्त्री पोखरेलले जानकारी दिए ।

उनले चिकित्सा शिक्षा विधेयकबारे प्रतिनिधिसभाले प्रक्रियागत रुपमा निर्णय गर्ने जनाए । बाँकी विषय चिकित्सा शिक्षा आयोगले टुंगो लगाउने उनले बताए ।

मन्त्री पोखरेलले चिकित्सकहरु विरामीलाई सेवा दिन छाडेर आन्दोलनमा उत्रनु पर्ने आवश्यकता नरहेको समेत पत्रकार सम्मेलनमा जनाएका छन् ।

 

प्रतिक्रिया दिनुहोस
नवनिर्वाचित राष्ट्रिय सभा सांसदहरूको शपथ

    माघ ११ गते सम्पन्न राष्ट्रिय सभा निर्वाचनबाट निर्वाचित भएका सांसदहरूले शपथ...

नीति र नेतृत्वलाई जनताले अस्वीकार गरे : योगेश

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले हालै सम्पन्न निर्वाचनको परिणामले पार्टीको नीति...

कार्की आयोगले बुझायो जेनजी आन्दोलनको प्रतिवेदन

    गत भदौमा भएको नेपालमा भएको जेनजी आन्दोलनमा भएका घटना र सरकारी...

ताप्लेजुङमा एमालेका क्षितिज थेबे विजयी

    प्रतिनिधिसभा सदस्यका लागि ताप्लेजुङबाट नेकपा (एमाले)का उमेदवार क्षितिज थेबे विजयी भएका...