१०० वर्ष पुरानो पु बालगोपालको मुर्ती सहित दुई पक्राऊ



हाम्रो इकोनोमि

महानगरीय अपराध महाशाखा टोलीले १०० वर्ष पुरानो पुरातात्विक महत्वको मुर्तीसहित दुई जनालाई पक्राउ गरेको छ ।

प्राचीन पुरातात्विक महत्वको मुर्ति बिक्रि वितरण हुँदैछ भन्ने विशेष खबर प्राप्त भएपछि महानगरीय अपराध महाशाखाको प्रहरी टोलीले खोज तलास गर्दै जाने क्रममा मुर्तिसहित २ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा पाल्पा छहरा गाउँपालिका– ४ का २७ वर्षीय दोलख बहादुर सोमई र काभ्रे तेमाल गाउँपालिका– ५ का ३७ वर्षीय दिपक मैनाली रहेका छन् । २७ वर्षीय सोमई हाल कामपा ३२ पेरिसडाँडामा मैनाली ललितपुर ग्वार्कोमा बस्छन् ।

सोमइलाई पक्राउ गरी उनको कोठाको खानतलासी गर्दा ढलौटको ८ केजी १७० ग्राम तौलको ३४ से।मी लम्बाइ भएको मुर्ति १ थान मुर्ति बरामद भएको प्रहरीले जनाएको छ ।

मुर्तिलाई दिपक मैनालीले बेच्न दिएको र मुर्ति परिक्षण गर्दा पुरातात्विक महत्वको हो भन्ने खुलेपछि उनीहरुलाई प्राचिन स्मारक संरक्षण ऐन बमोजिम आवश्यक कारबाहीको लागि महानगरीय प्रहरी परिसर काठमाण्डौँमा राखिएको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस
पाल्पामा जिप दुर्घटना, तीन जनाको मृत्यु

    पाल्पामा जिप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । अरूणखोलाबाट रामपुर...

आज ४ जना मन्त्रीको शपथ

    अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीले आज मन्त्रिपरिषद् विस्तार गर्दै छिन् । कार्कीले...

ओलीमाथि लगाइएका आरोपले राज्यसंयन्त्र ध्वस्त हुन्छ – रामकुमारी झाँक्री

     नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले भदौ २३ गतेको घटनाका सम्बन्धमा पूर्वप्रधानमन्त्री...

आज र भोलि नागढुंगा–मलेखु सडक खुला हुने

    दैनिक पाँच घण्टा आंशिक बन्द गरेर स्तरोन्नति भइरहेको नागढुंगा मलेखु सडकखण्ड...