१०० वर्ष पुरानो पु बालगोपालको मुर्ती सहित दुई पक्राऊ



हाम्रो इकोनोमि

महानगरीय अपराध महाशाखा टोलीले १०० वर्ष पुरानो पुरातात्विक महत्वको मुर्तीसहित दुई जनालाई पक्राउ गरेको छ ।

प्राचीन पुरातात्विक महत्वको मुर्ति बिक्रि वितरण हुँदैछ भन्ने विशेष खबर प्राप्त भएपछि महानगरीय अपराध महाशाखाको प्रहरी टोलीले खोज तलास गर्दै जाने क्रममा मुर्तिसहित २ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा पाल्पा छहरा गाउँपालिका– ४ का २७ वर्षीय दोलख बहादुर सोमई र काभ्रे तेमाल गाउँपालिका– ५ का ३७ वर्षीय दिपक मैनाली रहेका छन् । २७ वर्षीय सोमई हाल कामपा ३२ पेरिसडाँडामा मैनाली ललितपुर ग्वार्कोमा बस्छन् ।

सोमइलाई पक्राउ गरी उनको कोठाको खानतलासी गर्दा ढलौटको ८ केजी १७० ग्राम तौलको ३४ से।मी लम्बाइ भएको मुर्ति १ थान मुर्ति बरामद भएको प्रहरीले जनाएको छ ।

मुर्तिलाई दिपक मैनालीले बेच्न दिएको र मुर्ति परिक्षण गर्दा पुरातात्विक महत्वको हो भन्ने खुलेपछि उनीहरुलाई प्राचिन स्मारक संरक्षण ऐन बमोजिम आवश्यक कारबाहीको लागि महानगरीय प्रहरी परिसर काठमाण्डौँमा राखिएको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस
इन्टरपोलमार्फत देउवा दम्पतीलाई नेपाल ल्याउने तयारी

    पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा, उनकी पत्नी एवं पूर्वपरराष्ट्रमन्त्री डा....

सरकारले बढायो गाडी भाडा

    सरकारले सार्वजनिक यातायातको भाडादर बढाएको छ । इन्धनको मूल्यमा भएको उत्तारचढाव...

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

    पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी एवम् पूर्वमन्त्री डा. आरजु राणा...

वाणिज्य बैंकहरुको नाफामा बृद्धि

    चालु आर्थिक बर्षको फागुन मसान्तसम्ममा वाणिज्य बैंकहरुले ४३ अर्ब ८८ करोड...