नेपाली सेनाद्वारा बम निष्कृय



हाम्रो इकोनोमि

कैलालीको लम्कीचुहा नगरपालिका वडा नं १ स्थित देउती गुड्का इण्डस्ट्रिज नजिकको सडक छेउमा आज फेला परेको प्रेसर कुकर बम नेपाली सेनाको टोलीले निष्कृय पारेको छ ।

सडक छेउको घाँस उम्रेको ठाउँमा राखिएको उक्त बममा विष्फोट गरिने समयसमेत सेट गरिएको पाइएको इलाका प्रहरी कार्यालय लम्कीका प्रहरी निरीक्षक सुरेन्द्रप्रसाद जोशीले बताउनुभयो ।

यज्ञबहादुर ओलीले सञ्चालन गरेको उक्त इण्डस्ट्रिजका कामदारले बिहान सडक छेउमा बम देखेपछि प्रहरीलाई खबर गरेका थिए । अज्ञात समूहले उक्त बम गएराति राखेर गएको हुनसक्ने बताइएको छ ।

टीकापुर जाने सडकको भित्रपट्टिको उक्त सडकमा बम फेला परेपछि स्थानीय बासिन्दा त्रसित भएका थिए ।

 

प्रतिक्रिया दिनुहोस
इन्टरपोलमार्फत देउवा दम्पतीलाई नेपाल ल्याउने तयारी

    पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा, उनकी पत्नी एवं पूर्वपरराष्ट्रमन्त्री डा....

सरकारले बढायो गाडी भाडा

    सरकारले सार्वजनिक यातायातको भाडादर बढाएको छ । इन्धनको मूल्यमा भएको उत्तारचढाव...

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

    पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी एवम् पूर्वमन्त्री डा. आरजु राणा...

वाणिज्य बैंकहरुको नाफामा बृद्धि

    चालु आर्थिक बर्षको फागुन मसान्तसम्ममा वाणिज्य बैंकहरुले ४३ अर्ब ८८ करोड...