नेपाली सेनाद्वारा बम निष्कृय



हाम्रो इकोनोमि

कैलालीको लम्कीचुहा नगरपालिका वडा नं १ स्थित देउती गुड्का इण्डस्ट्रिज नजिकको सडक छेउमा आज फेला परेको प्रेसर कुकर बम नेपाली सेनाको टोलीले निष्कृय पारेको छ ।

सडक छेउको घाँस उम्रेको ठाउँमा राखिएको उक्त बममा विष्फोट गरिने समयसमेत सेट गरिएको पाइएको इलाका प्रहरी कार्यालय लम्कीका प्रहरी निरीक्षक सुरेन्द्रप्रसाद जोशीले बताउनुभयो ।

यज्ञबहादुर ओलीले सञ्चालन गरेको उक्त इण्डस्ट्रिजका कामदारले बिहान सडक छेउमा बम देखेपछि प्रहरीलाई खबर गरेका थिए । अज्ञात समूहले उक्त बम गएराति राखेर गएको हुनसक्ने बताइएको छ ।

टीकापुर जाने सडकको भित्रपट्टिको उक्त सडकमा बम फेला परेपछि स्थानीय बासिन्दा त्रसित भएका थिए ।

 

प्रतिक्रिया दिनुहोस
पाल्पामा जिप दुर्घटना, तीन जनाको मृत्यु

    पाल्पामा जिप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । अरूणखोलाबाट रामपुर...

आज ४ जना मन्त्रीको शपथ

    अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीले आज मन्त्रिपरिषद् विस्तार गर्दै छिन् । कार्कीले...

ओलीमाथि लगाइएका आरोपले राज्यसंयन्त्र ध्वस्त हुन्छ – रामकुमारी झाँक्री

     नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले भदौ २३ गतेको घटनाका सम्बन्धमा पूर्वप्रधानमन्त्री...

आज र भोलि नागढुंगा–मलेखु सडक खुला हुने

    दैनिक पाँच घण्टा आंशिक बन्द गरेर स्तरोन्नति भइरहेको नागढुंगा मलेखु सडकखण्ड...