मुखभित्र सुन ल्याउदै गर्दा यसरी परे प्रहरीको फन्दामा, अझै रोकएन सुन तस्करी



हाम्रो इकोनोमि

मुखभित्र सुन लुकाएर ल्याएका दुई जना भारतीलाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेको छ । उनीहरुको साथबाट २ सय ५५ ग्राम सुन बरामद गरिएको छ ।

मंगलबार दुबईबाट काठमाडौं आएका भारतीय नागरिक रहिस अहमद र मोहम्मद अजामलाई प्रहरीले विमानस्थलबाट पक्राउ गरेको हो ।विमानस्थल भित्र केही नबोली इशाराको भरमा निस्किएको देखेपछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको थियो ।

अहमदबाट एक सय १६ र अजामसँग एक सय ३९ ग्राम सुन बरामद भएको विमानस्थल प्रहरीले जनाएको छ । दुबै जनाले सुनका टुक्रा मुखभित्र लुकाएर ल्याएका थिए ।

पक्राउ परेका दुबै जनाबारे आवश्यक अनुसन्धानपछि राजश्व विभागमा बुझाउने प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस
पाल्पामा जिप दुर्घटना, तीन जनाको मृत्यु

    पाल्पामा जिप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । अरूणखोलाबाट रामपुर...

आज ४ जना मन्त्रीको शपथ

    अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीले आज मन्त्रिपरिषद् विस्तार गर्दै छिन् । कार्कीले...

ओलीमाथि लगाइएका आरोपले राज्यसंयन्त्र ध्वस्त हुन्छ – रामकुमारी झाँक्री

     नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले भदौ २३ गतेको घटनाका सम्बन्धमा पूर्वप्रधानमन्त्री...

आज र भोलि नागढुंगा–मलेखु सडक खुला हुने

    दैनिक पाँच घण्टा आंशिक बन्द गरेर स्तरोन्नति भइरहेको नागढुंगा मलेखु सडकखण्ड...