२०२२ मा हुने विश्वकपमा नेपाली सुरक्षाकर्मी लैजान कतार इच्छुक



हाम्रो इकोनोमि

चार वर्षपछि कतारमा हुने विश्वकप फुटबल प्रतियोगिताको सुरक्षाका लागि नेपाली सुरक्षाकर्मी परिचालन गर्न कतार सरकार तयार भएको छ ।

सोमवार गृहमन्त्री रामबहादुर थापासँगको भेटमा नेपालका लागि कतारका राजदूत युसुफ बिन मोहम्मदले सुरक्षा गार्डका रुपमा धेरै सङ्ख्यामा नेपाली लैजान कतार इच्छुक भएको बताउनुभएको हो ।

राजदुत युसुफले नेपाल सुरक्षाकर्मी विश्वकपको प्रयोजनका लागि कतार लैजान कुनै प्रकारको सम्झैता गर्नुपरे पनि त्यसका लागि कतार तयार रहेको बताउनुभएको हो । भेटमा गृहमन्त्री थापाले कतारमा रहेका नेपाली कामदारको सेवा, सुविधा तथा सुरक्षाका विषयमा राजदूतसँग छलफल गर्नुभएको थियो । कतारमा हाल पाँच लाख बढी नेपाली रोजगारीको शिलशिलामा पुगेका छन् ।

प्रतिक्रिया दिनुहोस
अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...