वामदेवलाई मङ्सिरभित्रै संसदमा भित्र्याउने प्रचण्डको यस्तो छ भित्री योजना, सांसद धनबहादुर बुढालाई राजीनामा गराउने तयारी



 

पार्टी एकीकरणपछि ‘पिँजडाको बाघ’ बनेका प्रचण्ड आफैँ अग्रसर भएर कुनै प्रकारको चलखेल गर्न नसकिने स्थितिमा पुगेपछि उनले वामदेव गौतमलाई संसदमा प्रवेश गराएर नयाँ खेल शुरु गर्न लागेको थप जानकारी प्राप्त भएको छ । हरेक हप्ता केही न केही विवादास्पद अभिव्यक्ति दिएर राजनीतिक तलाउलाई कहिल्यै स्थिर र शान्त हुन नदिने प्रचण्ड पार्टी एकतापछि प्रायः ‘ठण्डा’ देखिएका छन् ।

 

‘एमाले अनुशासन’को जन्जिरमा बाँधिएका प्रचण्डमा आफ्नो भविष्यलाई लिएर बेग्लै छटपटी भएको उनका निकटवर्तीहरूले ठानेका छन् । प्रचण्डको पोजिसन यतिबेला त्यस्तो देखिएको छ जस्तो सिकारमाथि जाइलाग्नुअघि बाघको हुन्छ । प्रचण्ड र केपी ओलीबीच विशेष सम्झौता भएर पार्टी एकता भएको भए पनि दुवै नेताहरू एक–अर्काप्रति विश्वस्त हुन सकेका छैनन् । अचेल मौका मिल्नेबित्तिकै प्रचण्डले प्रधानमन्त्री ओलीको आलोचना गर्ने गरेका छन् । उनले अरू केही महिना सरकारका बारेमा कुनै टीका–टिप्पणी नगर्ने बताउने गरेका छन् ।

 

तर, सरकारको काम ठीक नभएको भन्दै उनले असन्तुष्टि भने प्रकट गर्ने गरेका छन् । केपीपछिको पार्टी अध्यक्षका रूपमा हेरिएका वरिष्ठ नेता माधवकुमार नेपालको समर्थन एवम् सहयोग प्रचण्डलाई प्राप्त हुन सक्नेमा शङ्का बढ्दो छ । त्यसैले नेपाल र प्रचण्डबीच पनि विश्वासको सङ्कट छ ।

 

पार्टी प्रवक्तासमेत रहेका नेता नारायणकाजी श्रेष्ठको भूमिका प्रचण्डलाई बलियो बनाउनेभन्दा पार्टी एकतालाई सुदृढ बनाउनेमा केन्द्रित रहेको देखिन्छ । श्रेष्ठ गत संसदीय निर्वाचनमा गोरखा (१) बाट पराजित हुनुमा प्रचण्डको अपेक्षित सहयोग नहुनुलाई पनि मानिन्छ । त्यसैले प्रचण्ड नारायणकाजी श्रेष्ठमाथि भर पर्न सक्ने अवस्थामा अहिले छैनन् ।

 

कृष्णबहादुर महरा सभामुख रहेकोले उनी पार्टी राजनीतिमा सक्रिय रहन सक्ने अवस्थामा रहेनन् । महासचिव विष्णु पौडेलमाथि पनि प्रचण्ड ढुक्क नरहेको बुझिन्छ । ईश्वर पोखरेलसँग चिसिएको सम्बन्ध प्रचण्डले चाहेकै भरमा न्यानो बन्ने स्थिति छैन । सुरेन्द्र पाण्डेको शालीनता प्रचण्डका निम्ति कति उपयोगी रहने हो त्यो पनि भन्न सकिने अवस्था छैन । भीम रावललगायतका नेताहरू प्रचण्डप्रति अहिलेसम्म रिजर्भ देखिएका छन् ।

 

जनार्दन शर्मा प्रभाकर र टोपबहादुर रायमाझीको भूमिका कस्तो रहने भन्नेमा पनि प्रचण्डलाई शङ्का छ । वर्षमान पुन र रामबहादुर थापाको मात्र सहयोगमा आफू सफल बन्ने विश्वासमा प्रचण्ड छैनन् । त्यसैले वामदेव गौतमलाई संसद्मा प्रवेश गराउने, झलनाथ खनालसहितको एउटा टिम तयार गर्ने र खेल खेल्ने योजनामा प्रचण्ड रहेको बुझिन्छ ।

 

प्रचण्डको यस्तो योजनाअनुरूप वामदेव गौतमलाई आगामी मङ्सिरभन्दा यतै सांसद बनाइने भएको छ । त्यसनिम्ति डोल्पाबाट विजयी सांसद (हाल राज्यमन्त्री) धनबहादुर बुढालाई पदबाट राजीनामा गराई रिक्त स्थान (डोल्पा)मा वामदेवले उम्मेदवारी दिने आन्तरिक तयारी भएको छ । राजीनामा दिने सर्तमा नै बुढालाई राज्यमन्त्री बनाइएको र सहमतिबमोजिम आगामी भदौ १५ गतेसम्ममा उनले राजीनामा दिनुपर्ने हुन्छ ।

 

त्यसरी बुढाले राजीनामा दिएर रिक्त हुन आएको स्थानमा दशैँ र तिहारको बीचमै चुनाव गराउने र कदाचित कुनै कारणले तिहारअघि निर्वाचन गराउन नसकेमा तिहारलगत्तै चुनाव गराइने सोच बनेको छ । तर, धनबहादुर बुढाले गुप्त सहमतिको पालना नगरी पदबाट राजीनामा दिएनन् भने कसलाई राजीनामा गराउने हो, सो किटान हुन सकेको छैन । त्यस्तो अवस्थामा पूर्वमाओवादी पक्षधर कसैलाई राजीनामा दिन लगाएर वामदेवका लागि स्थान सुरक्षित गरिदिने वचन भने प्रचण्डले दिएको बताइन्छ ।

 

अहिले पर्यटन राज्यमन्त्री रहेका धनबहादुर बुढा तिनै व्यक्ति हुन् जसलाई ०६० मा सूर्यबहादुर थापा प्रधानमन्त्री रहँदा डोल्पा जिल्ला विकास समितिको सभापति मनोनीत गरिएको थियो । पछि बुढाले एमाले पार्टी प्रवेश गरेका थिए । उनी एमाले प्रवेश भएलगत्तै एमाले डोल्पाका जिल्ला सचिव अंगद बुढासहित पार्टीको एउटा ठूलो समूहले विद्रोह गरी नेपाली काङ्ग्रेसमा आवद्ध हुने निर्णय लिएको थियो । अंगद यतिबेला नेपाली काङ्ग्रेस डोल्पाका सभापति छन् ।

 

गत संसदीय निर्वाचनमा देशकै सबैभन्दा बढी मत प्रतिशत ल्याएर विजयी बन्न सफल धनबहादुर बुढाले निर्वाचनमा काङ्ग्रेसका तर्फबाट बुथ प्रतिनिधि खटिएका व्यक्तिहरूलाई चार दिनसम्म रूखमा बाँधेर राखेको र निर्वाचन सम्पन्न भइसकेपछि छोडिदिएका थिए । वामदेव गौतमका सुपुत्र हरिश गौतमका यार्सागुम्बा व्यापारमा साझेदारसमेत रहेका बुढा ठेकेदार पनि हुन् र डोल्पाका असी प्रतिशत ठेक्कापट्टा यिनैले हात पारेका छन् ।

 

भदौ १५ गते सांसद पदबाट राजीनामा दिने सर्तमा वामदेव गौतमकै सिफारिसमा पर्यटन राज्यमन्त्री बनेका बुढाले त्यसपछि हुने निर्वाचनमा जिल्लामा टेक्नै नगए पनि जिताइदिने विश्वास वामदेवलाई दिएका छन् । पछिल्लो समयमा धनबहादुरले प्रचण्डसँग पनि राम्रो सम्बन्ध बनाएका छन् ।

 

वामदेव गौतम माधव नेपाल र केपी ओली दुवैसँग सहकार्य गर्न नसक्ने स्थितिमा रहेको र गौतमलाई लिएर खेल्न धेरै सजिलो हुने भएकोले प्रचण्डका निम्ति वामदेव सबैभन्दा भरपर्दो कार्ड बनेका हुन् । तर, पहिले डोल्पा जिल्ला विकास समितिको सभापति रहेका धनबहादुरले सहमतिअनुरूप राजीनामा नदिएमा चार महिनाभित्रै सांसद बन्ने वामदेवको इच्छा पूरा हुन थप केही समय लाग्ने देखिन्छ ।

वामदेव सांसद बनेमा त्यसपछि प्रचण्डले कसरी खेल शुरु गर्ने हुन् यो रोचक जिज्ञाशाको विषय बनेको छ । स्मरणीय छ, वामदेव आफैँ केपीपछि प्रधानमन्त्री बन्न इच्छुक रहिआएका छन् ।घटना र बिचारबाट

 

प्रतिक्रिया दिनुहोस
बाढी, पहिरो र डुबानमा परी हालसम्म २४६ को मृत्यु

    हालैको बाढी, पहिरो तथा डुबानमा परेर मृत्यु हुनेको संख्या दुई सय

चितवनमा प्रभु बैंकको एजुकेशन हबको शुभारम्भ

    बैदेशिक शिक्षाको अध्ययन गर्न जाने विद्यार्थीहरुलाई ऋण सहजताको लागि प्रभु बैंकले

दुर्गाका समर्थकले आगो लगाएका ट्रकका चालकको मृत्यु

    दुर्गा प्रसाईं पक्राउको विरोध गर्दै उनका समर्थकद्वारा आगजनी गरिएको भारतीय ट्रक

हेटौँडा-काठमाडौं जोडने सबै सडक मार्ग सुचारु

    गत असोज १०-१२ गते परेको अविरल वर्षापछि आएको बाढी पहिरोको कारण