ट्रम्पले रुसमाथि दिएको आफ्नो बयानलाई एक दिनमै किन उल्ट्याए ?



हाम्रो इकोनोमि

 

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्नो एक दिन पुरानो बयानलाई उल्ट्याएका छन् । ट्रम्पले सन् २०१६ को राष्ट्रपतीय चुनावमा रुसले हस्तक्षेप गरेको भन्ने अमेरिकी गुप्तचर निकायहरुको निष्कर्ष स्विकारेका छन् ।

सोमबार प्रस्ट रुपमा आफ्नो कुरा राख्न नसकेको उल्लेख गर्दै आफूले अमेरिकी चुनावमा रुसले हस्तक्षेप गर्नुपर्ने कारण आफूले नदेखेको भन्न खोजेको ट्रम्पले बताए ।

के भनेका थिए ट्रम्पले ?

फिनल्याण्डको हेलसिन्कीमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको भेटवार्तापछि पत्रकार सम्मेलनमा ट्रम्पले दिएको अभिव्यक्तिपछि उनको चर्को आलोचना भएको थियो ।

एक पत्रकारको प्रश्नमा ट्रम्पले जुन जवाफ दिए, त्यो अमेरिकी एजेन्सीको दाबी विपरित थियो । रुसले हस्तक्षेप गरेको सबै अमेरिकी गुप्तचर निकायको निष्कर्ष छ ।

ह्वाइट हाउसले उक्त पत्रकार सम्मेलनको ट्रान्सक्रिप्ट जारी गरेको छ । जसमा पत्रकार र ट्रम्पको सवाल जवाफ पढ्न सकिन्छ ।

पत्रकारः राष्ट्रपति पुटिनले सन् २०१६ को राष्ट्रपतीय चुनावमा हस्तक्षेपको आरोप खारेज गरेका छन् तर अमेरिकाको गुप्तचर एजेन्सीले भने रुसले नै हस्तक्षेप गरेको बताउँछ । मेरो तपाईंलाई प्रश्न छ कि तपाईंको यसबारे कस्तो धारणा छ ?

ट्रम्पः धेरै मानिसहरु म कहाँ आउँछन्, उनीहरु भन्छन् यसमा रुसको हात हुनुपर्छ । मसँग राष्ट्रपति पुटिन छन्, उनले यसमा रुसको संलग्नता नभएको बताएका छन् । म यसो भन्छु, रुसले त्यसो गर्नुपर्ने म कुनै कारण देख्दिनँ ।’

अब के भनिरहेका छन् ?

आफूले पत्रकार सम्मेलनको ट्रान्सक्रिप्ट पढेपछि ट्रम्पले यसबारे प्रष्टिकरण दिनुपर्ने आवश्यकता देखेको उनले बताए ।

उनले भने, ‘मेरो अभिव्यक्तिको एउटा वाक्य यस्तो हुनुपर्दथ्योः म किन कुनै कारण देख्दिनँ र ? अथवा रुस किन हुनसक्दैन ?’

साथै ट्रम्पले भने, ‘रुसले सन् २०१६ को चुनावमा हस्तक्षेप गरेको भन्ने हाम्रा गुप्तचर निकायहरुको निष्कर्षलाई म स्विकार्छु । अरु मानिस पनि हुनसक्छन् । त्यहाँभन्दा बाहिरका थुप्रै  मानिस पनि हुनसक्छन् ।’

ट्रम्पका अनुसार उक्त हस्तक्षेपले चुनावलाई कुनै असर पुर्याएको थिएन ।

प्रतिक्रिया दिनुहोस
अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...