सरकारले देशलाई विधिको शासनमा हिँडाउन खोजेको छः प्रधानमन्त्री ओली



हाम्रो इकोनोमि

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले देशलाई विधिको शासनमा हिँडाउन खोजेको बताउनुभएको छ ।

नेपाल कम्युनिष्ट पार्टी केन्द्रीय कार्यालय धूम्रबाराहीमा पार्टीका नेता, कार्यकर्ता र सर्वसाधरणसँगको भेटघाटमा उहाँले भन्नुभयो, “देशलाई कानून र विधिको शासनमा हिँडाउने प्रयत्न सरकारको छ ।”

“संविधान, नियम, कानून र विधिअनुसार सरकारले काम गर्छ, जसले जे माग राख्यो त्यो पूरा गर्ने, कसैले थर्काउदा थर्किने वा दबाबमा परेर निर्णय हुँदैन,” प्रधानमन्त्री ओलीले भन्नुभयो, “वर्तमान सरकारले देशलाई सही बाटोमा हिँडाइ सुशासन ल्याउन प्रतिबद्ध रहेको र त्यसबाट आफू बिचलित हुने छैन् ।

उहाँले जनताले सरकारलाई सुम्पिएको अभिभारा पूरा गर्नेमा कुनै सन्देह नभएको उल्लेख गर्दै सरकारले जनताका आकांक्षा पूरा गर्छ भन्ने बुझेका विरोधी, सामाजिक न्याय हुन नदिनेले सरकारका विरुद्ध अफवाह फैलाएका छन्, पार्टीका नेता कार्यकर्ता र सर्वसाधरणले यस्ता कुराको प्रतिवाद गर्नुपर्दछ भन्नुभयो ।

प्रधानमन्त्री ओलीले दुई÷चार महिनामै समृद्धि हासिल गर्न नसकिने भएकोले धैर्य गर्न आग्रह गर्दै “चुनावभन्दा अघिका सरकारले देशमा जथाभावी गरेकाले त्यसलाई सही ठाउँमा ल्याउन पनि समय लागेको छ, निर्वाचन आचारसंहिता लागेपछि जथाभावी नियुक्ति, निर्वाचन परिणाम आएको तीन÷महिनासम्म सत्ता हस्तान्तरण नगरेर काँग्रेसले विधि विधान विपरीत कार्य ग¥यो भन्नुभयो ।”

मागपत्र पेश
पार्टी कार्यालयमा प्रधानमन्त्री ओलीलाई विभिन्न संघ संस्थाले मागपत्र बुझाएका छन् ।

एयर बंगालको विमान दुर्घटनामा मृत्यु भएका परिवारका आफन्त, पूर्वजनमुक्ति सेना, द्वन्द्वपीडित सुरक्षाकर्मीका परिवार, सामाजिक परिचालक संघ, मुस्कान सेना, जिफन्टलगायत संघसंस्थाले प्रधानमन्त्रीलाई माग पत्र बुझाएका हुन् ।

पार्टी कार्यकर्ता र सर्वसारधणसँग भेटघाट गर्न प्रधानमन्त्री ओली महिनाको पहिलो दिन पार्टी केन्द्रीय कार्यालय धुम्बाराही र १५ गते पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा जाने कार्यक्रम छ । यस्तो भेटघाटको आज पहिलो दिन हो ।

 

प्रतिक्रिया दिनुहोस
नवनिर्वाचित राष्ट्रिय सभा सांसदहरूको शपथ

    माघ ११ गते सम्पन्न राष्ट्रिय सभा निर्वाचनबाट निर्वाचित भएका सांसदहरूले शपथ...

नीति र नेतृत्वलाई जनताले अस्वीकार गरे : योगेश

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले हालै सम्पन्न निर्वाचनको परिणामले पार्टीको नीति...

कार्की आयोगले बुझायो जेनजी आन्दोलनको प्रतिवेदन

    गत भदौमा भएको नेपालमा भएको जेनजी आन्दोलनमा भएका घटना र सरकारी...

ताप्लेजुङमा एमालेका क्षितिज थेबे विजयी

    प्रतिनिधिसभा सदस्यका लागि ताप्लेजुङबाट नेकपा (एमाले)का उमेदवार क्षितिज थेबे विजयी भएका...