सरकारको बचाउ नगरेको भन्दै कार्यकर्तासँग रिसाए प्रधानमन्त्री, राम्रा काम तथा नीतिको प्रतिरक्षा नगरेकोमा गुनासो



हाम्रो इकोनोमि

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको प्रतिरक्षा नगरेको भन्दै पार्टी नेता कार्यकर्ताको आलोचना गरेका छन् ।

विपक्षीहरु एकजुट भएर सरकारमाथि आक्रमण गरिरहेको तर, पार्टी नेता कार्यकर्ताले सरकारका राम्रा काम तथा नीतिको समेत प्रतिरक्षा नगरेको उनको गुनासो छ ।

नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० को कार्यालय धुम्बाराहीमा कार्यकर्तासँग भेटघाट गर्दै प्रधानमन्त्री ओलीले विपक्षीहरु सरकारविरुद्ध एकजुट भएर लागेको बताए । ‘उधुमसँग हल्ला मच्चाएका छन्’ उनले भने, ‘कुनै विषय पाएका छैनन् । भर्खर बनेको सरकारलाई पहिल्यै भत्किएका बाटाहरु देखाएर तमासा गर्छन् ।’

सडकका खाल्टाहरु पुरिहाल्न नभ्याएको भन्दै उनले भने, ‘देशलाई समृद्धि र विकासको बाटोमा पुर्‍याइहाल्न २र४ महिनाको अवधिमा सकिँदैन, अलिकति समय लाग्छ । तर, ब्यापक विरोध र जो जहाँ छ त्यहीबाट आक्रमण भएको छ ।’

तर, बहुमत ल्याउने पार्टीमा लेख्न र बोल्न जान्ने कोही छैन जस्तो भएको उनले बताए । यत्रो पंक्तिमा कोही लेख्न जान्ने मान्छे छ नै जस्तो लाग्दैन किनकी कसैले लेखेको देखिँदैन’ उनले भने, ‘कोही बोल्न जान्ने छ जस्तो पनि लाग्दैन । कोही बोलेको सुनिदैन । सरकारले राम्रो काम गरिरहेको छ, त्यसको प्रतिरक्षा हुँदैन ।’

आफ्नो नेतृत्वको सरकारले सबैभन्दा जनपक्षीय र प्रगतिशील नीतिहरु बनाएको तर, त्यसको चर्चा र प्रतिरक्षा पार्टी पंक्त्तिबाटै नभएको भन्दै उनले आक्रोस पोखे ।

प्रधानमन्त्री ओलीले सरकार कसैको दबाबमा परेर निर्णय नगर्ने पनि जिकिर गरे । ‘संविधान, नियम, कानुन र विधिअनुसार सरकारले काम गर्छ’ उनले भने ‘जसले जे माग राख्यो त्यो पुरा गर्ने, कसैले थर्काउदा थर्किने वा दबाबमा परेर निर्णय हुदैन ।’

दुई चार महिनामै समृद्धि हासिल गर्न नसकिने भन्दै प्रधानमन्त्री ओलीले धैर्य गर्न आग्रह गरे । ‘चुनाव भन्दा अघिको सरकारले देशमा जथाभावी गरेकोले त्यसलाई सही ठाउँमा ल्याउन पनि समय लागेको छ’ उनले भने ।

 

प्रतिक्रिया दिनुहोस
गति अनुसार मति बनाउन ईश्वरको सुझाव

  नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले पार्टीको ऐतिहासिक पृष्ठभूमि, सिद्धान्त र संगठनात्मक मजबुतीलाई...

सभामुखमा डीपी अर्यालको उम्मेदवारी दर्ता

    रास्वपा उपसभापति डोलप्रसाद अर्याल (डीपी अर्याल)ले सभामुख पदमा मनोनयन दर्ता गराएका...

एसईईका नक्कली परीक्षार्थी पक्राउ

     माध्यमिक शिक्षा परीक्षा (एसईई)मा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक...

युद्ध लम्ब्याउने कि फर्किने संकटमा ट्रम्प

    अमेरिकी गुप्तचर निकायले इरानसँग अझै शत्तिशाली क्षेप्यास्त्र प्रहार क्षमता कायम रहेको...