विराटनगरको न्यायिक समितिमा ५५ उजुरी, सम्बन्धविच्छेदका धेरै, किन हुन्छ सम्बन्धबिच्छेद ?



विराटनगर महानगरपालिकाको न्यायिक समितिमा आर्थिक वर्ष २०७४र०७५ मा ५५ वटा उजुरी परेका छन् ।

जसमा सबैभन्दा बढी सम्बन्ध बिच्छेदको उजुरी परेको न्यायिक समितिकी संयोजकसमेत रहेकी उपमेयर इन्दिरा कार्कीले जानकारी दिइन् । उनका अनुसार २२ वटा उजुरी सम्बन्ध बिच्छेदको रहेको छ । तीमध्ये २ वटामा मेलमिलाप गराएका, ९ वटा जिल्ला अदालतमा सिफारिस गरिएको छ । बाँकी ११ वटा भने न्यायिक समितिमा नै रहेका कार्कीले बताइन् ।

त्यस्तै २३ वटा बसोबास क्षतिपुर्ति, शान्ति सुरक्षा, कानुनी राय सम्बन्धी परेका उजुरी परेका छन ।

खान लाउन पाउ सम्बन्धी परेका २ मध्ये एउटा उजुरी किनारा लागेको छ भने अर्को एक प्रक्रियामा रहेको छ । महानगरको न्यायिक समितिमा उपमेयर इन्दिरा कार्की संयोजक, वडा नं ३ का अध्यक्ष विनोद बस्नेत र ११ का वडा अध्यक्ष त्रिकेन्द्र न्यौपाने सदस्य रहेका छन् ।

१ बर्षमा न्यायिक समितिमा उजुरीमध्ये १३ वटा मद्दाको मात्र न्यायिक निरुपण भएको कार्कीले बताइन् ।

उपमेयरको कार्यकक्षमै इजलास

स्थानीय तहमा न्याय निरुपणका लागि छुटै इजालास हुनुपर्ने संवैधानिक व्यवस्था छ । तर विराटनगर महानगरपालिकाको न्यायिक समितिले अहिलेसम्म छुटै इजालसको व्यवस्था गर्न सकेको छैन ।

न्यायिक समितिकी संयोजक कार्कीले उपमेयरको आफ्नै कार्यकक्षलाई समितिको कार्यालयका रुपमा प्रयोग गदै आएकी छिन ।

‘कुनै कुनै उजुरी माथिको मुद्धाको छलफल पाँचदेखि ६ घण्टा समेत लम्भिने गरेको छ’,संयोजक कार्कीले भनिन् ‘छुट्टै इजालस निर्माणको काम चलिरहेको छ, हालको अबस्थामा उपमेयरको कक्षमा छलफल चलाउदै आएको छु ।’ इजालस निर्माण गर्ने काम ८५ प्रतिशत पूरा भएको उनले बताइन् ।

कार्यकक्षमा मुद्दाका छलफल चलाउँदा गोप्य नहुने, अन्य सेवाग्राहीलाई समस्या हुने गरेको कार्कीले बताइन् ।

 

प्रतिक्रिया दिनुहोस
बाढी, पहिरो र डुबानमा परी हालसम्म २४६ को मृत्यु

    हालैको बाढी, पहिरो तथा डुबानमा परेर मृत्यु हुनेको संख्या दुई सय

चितवनमा प्रभु बैंकको एजुकेशन हबको शुभारम्भ

    बैदेशिक शिक्षाको अध्ययन गर्न जाने विद्यार्थीहरुलाई ऋण सहजताको लागि प्रभु बैंकले

दुर्गाका समर्थकले आगो लगाएका ट्रकका चालकको मृत्यु

    दुर्गा प्रसाईं पक्राउको विरोध गर्दै उनका समर्थकद्वारा आगजनी गरिएको भारतीय ट्रक

हेटौँडा-काठमाडौं जोडने सबै सडक मार्ग सुचारु

    गत असोज १०-१२ गते परेको अविरल वर्षापछि आएको बाढी पहिरोको कारण