प्रहरी र नेविसंघबीच झडप, अध्यक्ष महरसहित सात जना घाइते



हाम्रो इकोनोमि

गोविन्द केसीको माग सम्बोधन गर्नु पर्नेभन्दै जुलुस पदर्शन गरिरहेका नेविसंघका नेता कार्यकर्ता र प्रहरीबीच झडप भएको छ।

माइतीघरबाट जुलुस पदर्शन गर्दै बानेश्वरतर्फ गइरहेको नेविस‌ंघको टोली र प्रहरीबीच मंगलबार दिउँसो बबरमहलमा झडप भएको हो। झडपमा नेविसंघ अध्यक्ष नैनसिंह महर, उपाध्यक्ष पुष्पकुमार शाही, मनोनित उपाध्यक्ष निलकण्ठ रिजाल, आनन्द त्रिपाठी, मनिष ऐर, विपिन कटुवाल, शुसान्त सिटौलालगायत नेता कार्यकर्ता घाइते भएका छन्।

नेविसंघका अध्यक्ष महरले शान्तिपूर्ण आन्दोलनमा उत्रिएका आफूहरुमाथि बल प्रयोग गरेको बताए। उनले भने, ुडा गोविन्द केसीका जायज मागहरुलार्इ सम्बोधन गर्नुपर्ने भन्दै सरकारलार्इ दबाब दिन पदर्शन गर्दा लाठीचार्ज गरेको हो।ु उनले सरकार सर्वसत्तावादतर्फ उन्मुख भएको आरोप समेत लगाएका छन्।

डा केसी १८ दिनदेखि अघिल्लो सरकारले ल्याएको अध्यादेशलार्इ नै विधेयकको रुपमा प्रस्तुत गरेर पास गर्नुपर्ने माग राख्दै जुम्लामा अनशनरत छन्। डा केसीको जीवनरक्षाका लागि नेपाली कांग्रेस, विवेकशील साझा पार्टी, नयाँ शक्ति नेपाल, नागरिक समाज तथा अधिकारकर्मीहरु निरन्तर आन्दोलनमा उत्रिएका छन्।

सरकारले गोविन्द केसीको माग सम्बोधन गर्नेभन्दै सोमबार वार्तासमिति गठन गरेको थियो। वार्ता समितिमा सरकारकातर्फबाट प्रतिनिधित्व गर्ने खगराज बरालले डा केसीले उपचारका लागि तयार भएमात्रै वार्ता अघि बढ्ने बताएपछि निष्कर्षबिहिन भएर टुंगिएको थियो।

 

प्रतिक्रिया दिनुहोस
नवनिर्वाचित राष्ट्रिय सभा सांसदहरूको शपथ

    माघ ११ गते सम्पन्न राष्ट्रिय सभा निर्वाचनबाट निर्वाचित भएका सांसदहरूले शपथ...

नीति र नेतृत्वलाई जनताले अस्वीकार गरे : योगेश

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले हालै सम्पन्न निर्वाचनको परिणामले पार्टीको नीति...

कार्की आयोगले बुझायो जेनजी आन्दोलनको प्रतिवेदन

    गत भदौमा भएको नेपालमा भएको जेनजी आन्दोलनमा भएका घटना र सरकारी...

ताप्लेजुङमा एमालेका क्षितिज थेबे विजयी

    प्रतिनिधिसभा सदस्यका लागि ताप्लेजुङबाट नेकपा (एमाले)का उमेदवार क्षितिज थेबे विजयी भएका...