सुन तस्करीको बादशाह गोरे पक्राउ परेपछि पनि रोकिएन सुन तस्करीः अवैध सुन सहित तिलगंगाबाट दुईजना पक्राउ



हाम्रो इकोनोमि

बैदेशिक रोजगारीको शिलशिलामा विभिन्न देशहरुवाट फर्किएका कामदारहरुलाई प्रयोग गरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार छली सुनका गहनाहरु तस्करी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा धनुषा शहिदनगर नगरपालिका(३ घर भई हाल काठमाडौं गौशाला बस्ने ५० वर्षीय मुनिलाल भन्ने राम सुगारत यादब र काभ्रे धुलिखेल नगरपालिका(४ घर भई हाल बौद्ध बस्ने ३२ वर्षीय पाल्देन लामा रहेका छन् ।

काठमाडौं महानगरपालिका(९ तिलगंगा बागमती पुल स्थित सडक खण्डबाट ४ लाख ८७ हजार ९ सय ४५ रुपैयाँ बराबरको ९९।५ ग्राम अबैध सुनको चुरा २ थान सहित यादवलाई सोमबार प्रहरीले पक्राउ गरेको थियो । त्यस्तै लामालाई असार ३० गते काठमाडौं महानगरपालिका(९ शम्भुमार्ग स्थित सडक खण्डबाट करीव ४ लाख ८८ हजार रुपैयाँ बराबरको १ सय ग्राम सुनको चुरा २ थान सहित पक्राउ गरेको थियो ।

उनीहरुलाई प्रहरीले आवश्यक कारवाहीको लागि त्रिभुवन बिमानस्थल भंसार कार्यालय गौचर काठमाडौंमा पठाएको छ ।

 

प्रतिक्रिया दिनुहोस
पाल्पामा जिप दुर्घटना, तीन जनाको मृत्यु

    पाल्पामा जिप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । अरूणखोलाबाट रामपुर...

आज ४ जना मन्त्रीको शपथ

    अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीले आज मन्त्रिपरिषद् विस्तार गर्दै छिन् । कार्कीले...

ओलीमाथि लगाइएका आरोपले राज्यसंयन्त्र ध्वस्त हुन्छ – रामकुमारी झाँक्री

     नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले भदौ २३ गतेको घटनाका सम्बन्धमा पूर्वप्रधानमन्त्री...

आज र भोलि नागढुंगा–मलेखु सडक खुला हुने

    दैनिक पाँच घण्टा आंशिक बन्द गरेर स्तरोन्नति भइरहेको नागढुंगा मलेखु सडकखण्ड...