सुन तस्करीको बादशाह गोरे पक्राउ परेपछि पनि रोकिएन सुन तस्करीः अवैध सुन सहित तिलगंगाबाट दुईजना पक्राउ



हाम्रो इकोनोमि

बैदेशिक रोजगारीको शिलशिलामा विभिन्न देशहरुवाट फर्किएका कामदारहरुलाई प्रयोग गरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार छली सुनका गहनाहरु तस्करी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा धनुषा शहिदनगर नगरपालिका(३ घर भई हाल काठमाडौं गौशाला बस्ने ५० वर्षीय मुनिलाल भन्ने राम सुगारत यादब र काभ्रे धुलिखेल नगरपालिका(४ घर भई हाल बौद्ध बस्ने ३२ वर्षीय पाल्देन लामा रहेका छन् ।

काठमाडौं महानगरपालिका(९ तिलगंगा बागमती पुल स्थित सडक खण्डबाट ४ लाख ८७ हजार ९ सय ४५ रुपैयाँ बराबरको ९९।५ ग्राम अबैध सुनको चुरा २ थान सहित यादवलाई सोमबार प्रहरीले पक्राउ गरेको थियो । त्यस्तै लामालाई असार ३० गते काठमाडौं महानगरपालिका(९ शम्भुमार्ग स्थित सडक खण्डबाट करीव ४ लाख ८८ हजार रुपैयाँ बराबरको १ सय ग्राम सुनको चुरा २ थान सहित पक्राउ गरेको थियो ।

उनीहरुलाई प्रहरीले आवश्यक कारवाहीको लागि त्रिभुवन बिमानस्थल भंसार कार्यालय गौचर काठमाडौंमा पठाएको छ ।

 

प्रतिक्रिया दिनुहोस
इन्टरपोलमार्फत देउवा दम्पतीलाई नेपाल ल्याउने तयारी

    पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा, उनकी पत्नी एवं पूर्वपरराष्ट्रमन्त्री डा....

सरकारले बढायो गाडी भाडा

    सरकारले सार्वजनिक यातायातको भाडादर बढाएको छ । इन्धनको मूल्यमा भएको उत्तारचढाव...

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

    पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी एवम् पूर्वमन्त्री डा. आरजु राणा...

वाणिज्य बैंकहरुको नाफामा बृद्धि

    चालु आर्थिक बर्षको फागुन मसान्तसम्ममा वाणिज्य बैंकहरुले ४३ अर्ब ८८ करोड...