नेकपाको महाधिवेशन प्रतिनिधि बन्न अध्यक्षले पनि चुनाव जित्नुपर्ने



नेपाल कम्युनिस्ट पार्टीको इतिहासमा नयाँ प्रयोग हुने भएको छ। अब अध्यक्षलगायत केन्द्रीय समितिका सबै सदस्यले सीधै महाधिवेशनमा भाग लिन नपाउने भएका छन् । उनीहरूले पार्टी सदस्यता रहेको भूगोलबाट चुनाव जितेर महाधिवेशन प्रतिनिधि बन्नुपर्नेछ ।

प्रधानमन्त्री निवास बालुवटारमा मंगलबार बिहान बसेको नेकपा सचिवालय बैठकले विधान तथा नियमावलीको टुंगो लगाउँदै यस्तो निर्णय भएको हो।

यसअघि केन्द्रीय समितिका सबै नेता स्वतः महाधिवेशन प्रतिनिधि हुने व्यवस्था थियो। मंगलबारको निर्णयले भने अब अध्यक्षले पनि चुनाव लडेर महाधिवेशन प्रतिनिधि बन्नुपर्नेछ।

महासचिव विष्णु पौडेलले नेपाल समयासँग भने, ‘अब महाधिवेशन प्रतिनिधि बन्न अध्यक्ष, महासचिवलगायत सबैले तलबाट चुनिएर आउनुपर्ने छ।’ उनका अनुसार यदि केन्द्रीय समितिमा रहेका नेताहरू महाधिवेशन प्रतिनिधि निर्वाचित हुन नसके आयोजकको हैसियतमा भाग लिने तर मताधिकार प्रयोग गर्न पाउने छैनन्। पराजित नेताले उम्मेदवार बन्न र महाधिवेशनका नीतिगत निर्णयमा पनि मतदान गर्न पाउने छैनन्।

यसरी तल्लो तहबाट निर्वाचित भएर आउनुपर्ने व्यवस्था गर्ने पार्टीमा नेकपा दोस्रो भएको छ। यसअघि कांग्रेसले यो विधि प्रयोग गर्दै आएको छ।

 

प्रतिक्रिया दिनुहोस
बाढी, पहिरो र डुबानमा परी हालसम्म २४६ को मृत्यु

    हालैको बाढी, पहिरो तथा डुबानमा परेर मृत्यु हुनेको संख्या दुई सय

चितवनमा प्रभु बैंकको एजुकेशन हबको शुभारम्भ

    बैदेशिक शिक्षाको अध्ययन गर्न जाने विद्यार्थीहरुलाई ऋण सहजताको लागि प्रभु बैंकले

दुर्गाका समर्थकले आगो लगाएका ट्रकका चालकको मृत्यु

    दुर्गा प्रसाईं पक्राउको विरोध गर्दै उनका समर्थकद्वारा आगजनी गरिएको भारतीय ट्रक

हेटौँडा-काठमाडौं जोडने सबै सडक मार्ग सुचारु

    गत असोज १०-१२ गते परेको अविरल वर्षापछि आएको बाढी पहिरोको कारण