अभिभावकबाटै असुरक्षित अभागी बालिका, किन हुन्छ यस्तो



धनगढी(कञ्चनपुरको दोधारा चाँदनी(१० की १३ बर्षीया एक बालिका जन्मदिने बाबुबाट बलात्कार भईन् । ति बाबुले छोरीलाई लामो समयदेखि बलात्कार गर्दै आईरहे पनि पीडित बालिकाले बाबुकै डरले घट्ना लुकाएर राखिन् ।

बाबुको ज्यादती बढ्दै गएपछि छोरीले त्यो कुरा छिमेकीलाई सुनाईन् । छिमेकीमार्फत यो घटना प्रहरीमा पुगेपछि प्रहरीले बाबुलाई नियन्त्रणमा लिएको छ । आमा केहि महिनादेखि भारतमा वेपत्ता हुँदा दुई छोरी बाबुसँगै बस्दै आएको खुलेको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानबाट बाबुले छोरीलाई बलात्कार गरेको खुलेको कञ्चनपुर प्रहरीले जानकारी दिएको छ । घट्नाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

कञ्चनपुरमै बाबुबाट छोरी बलात्कृत भएको यसै बर्षको यो दोस्रो घट्ना हो । गत वैशाखमामात्र कञ्चनपुरको कृष्णपुर नगरपालिका(२ बंकमा एक किशोरी बाबुबाटै बलात्कृत भएकी थिइन । घरमा आमा नभएको मौका छोपेर पटक(पटक बलात्कार गर्ने बाबुको अत्याचार सहन नसकी आफै प्रहरी समक्ष पुगेकी १४ वर्षीया किशोरी चार बर्षदेखि बलात्कृत हुनै आएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

अछामको साँफेबगर नगरपालिका(११ कि आठ वर्षीया एक बालिका गाउँकै दाइ नातापर्ने २१ वर्षीय रेवन्त दासबाट बलात्कृत भईन् । बालिकाकी आमा रोपाई गएको मौका छोपेर दुई बर्षे बहिनीको हेरालु बसेकी ती बालिकालाई पानी माग्ने निहुँमा असार २० गते बलत्कार गरेको खुलेको छ । भारतमा रहेका बालिकाका बुवा र बाजुरामा रहेका ठुलो बुवाको सल्लाहमा २८ गते मात्र प्रहरीमा जाहेरी परेको छ ।

एक बर्षमा १ सय २ जर्वजस्ती करणीका मुद्दा दर्ता, अधिकांश बालिका नजिकका नातेदारबाट नै बलात्कृत, सहमतिमा शारिरीक सम्र्पक अरुले थाहा पाएपछि मुद्दा, मागेजती पैसाँ पाउँदा बीचमै हराउछन् कतिपय मुद्दा ।

बलात्कारको आरोप लागेका रेवन्तसहितको परिवार भागेर भारत गएको प्रहरीले जनाएको छ । बालिकाको योनीमा संक्रमण भएकाले उपचार भइरहेको छ ।

कञ्चनपुरमा जन्मदिने बाबुबाट नै छोरीले बलात्कारको सिकार हुनु र अछाममा गाउँले दाइबाट बहिनी बलात्कृत भएका घट्नाले बालिका तथा किशोरीहरु आफ्नै अभिभावकबाट पनि सुरक्षित छैनन् भन्ने कुराको पुष्टि हुन्छ । यि तीन वटा घट्ना प्रतिनिधि घटना मात्र हुन् । एउटा बालिकाको लागि बाबु भन्दा सुरक्षित र भरपर्दो मानिस अरु हुनै सक्दैन तर, त्यहि बाबुले आफैले जन्म दिएको छोरीको अस्तित्व लुट्ने जस्तो जघन्य अपराध गर्नथालेपछि बालिकाको असुरक्षा बढेको छ ।

बाबु, दाजुभाइ तथा नजिकका आफन्तबाट बालिका तथा किशोरी बलात्कृत हुने संख्या बर्षेनी बढ्दो छ । प्रहरीको तथ्यांक अनुसार प्रदेश ७ का सबै नौ जिल्लामा आर्थिक बर्ष ०७४र०७५ मा एक सय दुई वटा जर्वजस्ती करणीका मुद्दा दर्ता भएका छन् । त्यतिकै हाराहारीमा जर्वजस्ती करणी उद्योगका मुद्दा छन् । जस मध्ये आधा भन्दा बढी पीडितको संख्या १६ बर्ष मुनिका बालिकाको छ ।

जिल्ला प्रहरी कार्यालयको तथ्यांक अनुसार झण्डै आधा संख्या कैलालीको मात्र छ । जहाँ जर्वजस्ती करणीका ४४ मुद्दा दर्ता भएका छन् । एकै बर्ष दुई वटा बालिका बाबुबाट बलात्कृत हुने कञ्चनपुरमा कैलाली पछि धेरै १७ वटा जर्वजस्ती करणीका मुद्दा दर्ता भएका छन् । जहाँ १५ वटा मुद्दा जर्वजस्ती करणी उद्योगका छन् ।

कञ्चनपुर पछि धेरै अछाममा १३ वटा मुद्दा जर्वजस्ती करणीका दर्ता भए । जसमा सात बालिका १६ बर्ष मुनिका छन् । छ वटा मुद्दा उद्योगका छन् । यस्तै बैतडीमा ११, बाजुरामा छ वटा, बझाङमा चार वटा, डडेलधुरामा तीन वटा, दार्चुलामा दुई र डोटीमा एक मुद्दा जर्वजस्ती करणीका दर्ता भएका छन् । केहि जिल्लावाहेक अधिकांशमा विगत तीन बर्षको जर्वजस्ती करणीका मुद्दाको संख्या हेर्दा मुद्दा दर्ता हुनेक्रम बढ्दो छ । ुजर्वजस्ती करणीका मुद्दाको संख्या बर्षेनी बढ्दो छु कैलालीका प्रहरी नायव उपरीक्षक हरी बहादुर वलीले भने(ुबलात्कारका घट्नामा बालिकाको संख्या झन् बढ्दो छ ।ु

जर्वजस्ती करणीका कतिपय घट्ना प्रहरी कार्यालयमा पुग्दै पुग्दैन भने पुगेका पनि कतिपय लेनदेनमा कुरा मिलेर बीच बाटोबाट नै हराउने गरेका छन् । बलात्कार जस्तो जघन्य अपराध पनि मिलापत्रमै टुंगिने गर्दछन् ।

ुसुरुमा सहमतिमा सम्पर्क हुने पछि परिवार र गाउँ समाजले थाहा पाउँदा प्रहरीमा पुग्ने गरेका उदाहरण पनि थुपै्र छन्ु कञ्चनपुरका प्रहरी नायव उपरीक्षक ज्ञानबहादुर सेट्टीले भने(ुप्रहरीमा उजुरी दिईसकेपछि पीडित पक्षले भनेजती रकम पाउँछन् र मुद्दा फिर्ता हुन्छ ।ु उनले नावालिका, अशक्त महिला तथा सामुहिकवाहेक समान उमेरकी युवती तथा महिलालाई एक्लो मानिसले जर्वजस्ती करणी गर्न सक्ने संभावना नै नहुने बताए ।

 

प्रतिक्रिया दिनुहोस
बाढी, पहिरो र डुबानमा परी हालसम्म २४६ को मृत्यु

    हालैको बाढी, पहिरो तथा डुबानमा परेर मृत्यु हुनेको संख्या दुई सय

चितवनमा प्रभु बैंकको एजुकेशन हबको शुभारम्भ

    बैदेशिक शिक्षाको अध्ययन गर्न जाने विद्यार्थीहरुलाई ऋण सहजताको लागि प्रभु बैंकले

दुर्गाका समर्थकले आगो लगाएका ट्रकका चालकको मृत्यु

    दुर्गा प्रसाईं पक्राउको विरोध गर्दै उनका समर्थकद्वारा आगजनी गरिएको भारतीय ट्रक

हेटौँडा-काठमाडौं जोडने सबै सडक मार्ग सुचारु

    गत असोज १०-१२ गते परेको अविरल वर्षापछि आएको बाढी पहिरोको कारण