मन्त्री पण्डितलाई विपक्षी बनाएर १८ कर्मचारीहरुले हाले सर्वोच्चमा रिट



सरकार निर्णय गर्दै जाने सर्वोच्च अदालत उल्टाउदै जाने । अहिले यस्तै दृश्य देखिएको छ । सरकारका एक पछाडि अर्को निर्णय सर्वोच्च अदालतले उल्टाइरहदा केही कर्मचारीहरु संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितलाई विपक्षी बनाएर १८ जना कर्मचारीहरुले सर्वोच्च अदालतमा मुद्धा दायर गरेका छन् ।
यसरी मन्त्री पण्डितलाई विपक्षी बनाएर उनी विरुद्ध मुद्धा दायर गर्ने कर्मचारीहरु हुन् सरकारले स्वेच्छिक अवकास दिने निर्णय गैरकानुनी रुपमा रोकेको दाबी गर्दै कर्मचारीहरु सर्वोच्च अदालत गुहार्न पुगेका हुन ।
यसरी लालबाबु पण्डित सहितलाई विपक्षी बनाएर सर्वोच्चमा रिट निवेदन दायर गरेका हुन्। सर्वोच्चका नायव सुब्बा शिवप्रसाद ढकाल, प्रदेश नम्बर ४ को मुख्यमन्त्रीको कार्यालयका नारायण धमला, सञ्चार मन्त्रालयकी रेणुका लुइँटेल, खानेपानी मन्त्रालयका नवराज न्यौपाने सहित छन् ।
यी कर्मचारीहरुले प्रधानमन्त्री कार्यालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित लगायतलाई विपक्षी बनाउँदै रिट दायर गरेका हुन् ।
पूववर्ति सरकारले ल्याएको स्वेच्छिक अवकाशसम्बन्धी योजना सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित बनेर आएसँगै खारेज गरिएको थियो । उक्त प्रक्रिया गैरकानुनी रुपमा रोकिएको जिकिर रिटमा गरिएको छ ।
स्वेच्छिक अवकाश रोज्दै आवेदन दिने कर्मचारीहरुको संख्या झण्डै साढे ९ हजार थियो । यीमध्य सरकारले १३ सयलाई मात्र योग्य ठहर गरि अरुलाई यो प्रक्रियामा सामेल गरिएको थिएन ।

 

प्रतिक्रिया दिनुहोस
बाढी, पहिरो र डुबानमा परी हालसम्म २४६ को मृत्यु

    हालैको बाढी, पहिरो तथा डुबानमा परेर मृत्यु हुनेको संख्या दुई सय

चितवनमा प्रभु बैंकको एजुकेशन हबको शुभारम्भ

    बैदेशिक शिक्षाको अध्ययन गर्न जाने विद्यार्थीहरुलाई ऋण सहजताको लागि प्रभु बैंकले

दुर्गाका समर्थकले आगो लगाएका ट्रकका चालकको मृत्यु

    दुर्गा प्रसाईं पक्राउको विरोध गर्दै उनका समर्थकद्वारा आगजनी गरिएको भारतीय ट्रक

हेटौँडा-काठमाडौं जोडने सबै सडक मार्ग सुचारु

    गत असोज १०-१२ गते परेको अविरल वर्षापछि आएको बाढी पहिरोको कारण