उता ट्रम्प र पुटिनबीच वार्ता यता जासुस रुसी महिला अमेरिकामा पक्राउ



हाम्रो इकोनोमि

 

जासुसी गरेको आरोपमा एक रुसी महिला अमेरिकामा पक्राउ परेकी छिन् । रुसी सरकारको एजेन्टका रुपमा राजनीतिक समूहमा घुसपैठको षड्यन्त्र रचेको आरोपमा उनलाई दोषी मानिएको छ ।

मारिया बुटिना नामकी जासुसले सत्तारुढ पार्टीसँग राम्रो सम्बन्ध बनाउँदै बन्दुक अधिकारको पक्षमा वकालत गरिरहेकी थिइन् । उनी रुसी सरकारको उच्च अधिकारीहरुको निर्देशनमा काम गरिरहेकी थिइन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच फिनल्यान्डको हेल्सिन्कीमा भएको वार्ताको केही समयपछि नै मारिया पक्राउ परेकी हुन् ।

मारिया पक्राउ परेको विषय अमेरिकामा सन् २०१६ को राष्ट्रपति चुनावमा रुसी हस्तक्षेपको अनुसन्धानसँग संलग्न नरहेको बताइएको छ ।

ट्रम्पले निर्वाचनमा रुसको कुनै सहयोग नरहेको बताउँदै आएका छन् । मारियाको पक्राउले भने अनुसन्धानमा थप सघाउ पुग्ने विश्वास गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...