कुनै प्रकारको एकाधिकार नसहने भन्दै मन्त्री महासेठले यातायात व्यवसायीलाई कम्पनीमा आउन यस्तो गरे उर्दी



सरकारले कुनै पनि प्रकारको एकाधिकार मान्य नहुने र फर्कने कुनै गुञ्जायस नै नरहेको स्पष्ट पारेको छ ।

लामो समयदेखि रोगका रूपमा रहेको एकाधिकारलाई अन्त्य गर्ने साहसिक निर्णयलाई कसैले पनि फिर्ता ल्याउन नसक्ने बताउँदै सरकारले यसबाट कुनै पनि हालतमा पछाडि नफर्कने जनाएको छ । भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा मन्त्री रघुवीर महासेठले भन्नुभयो, “एकाधिकार कुनै पनि रूपमा रहन सक्दैन । सरकार निर्णयबाट पछाडि हट्ने र छुट दिने पक्षमा छैन ।”

मन्त्री महासेठले यातायात सेवालाई व्यवस्थित र प्रभावकारी बनाउन यातायात व्यवस्थापन कार्यविधि निर्देशका, २०६० मा संशोधन गरी गत चैत १८ गतेदेखि एकाधिकार अन्त्य भएको जानकारी दिनुभयो । घाइते तथा मृतकका परिवारलाई क्षतिपूर्ति दिने लक्ष्यका साथ जिल्ला प्रशासन कार्यालयले सत्यतथ्य पत्ता लगाई पीडितलाई क्षतिपूर्ति दिन मात्रै खोजेको उहाँको भनाइ छ । साउन १ गतेदेखि यातायात समिति कुनै पनि नरहने र आज मध्यरातदेखि नै खारेज हुने भएकाले सबैलाई कम्पनी ऐनअन्तर्गत दर्ता हुन आग्रह गरिएको बताउनुभयो ।

धेरैजसो समिति कम्पनीमा दर्ता भए पनि केही समितिले अझै अटेर गरेको छ भन्दै मन्त्री महासेठले तिनीहरूलाई क्रमशः कानुनी प्रक्रियामा ल्याइने उल्लेख गर्नुभयो । यातायात क्षेत्रमा बन्दहड्ताल गरी अवरोध पु¥याएका २४५ यातायात व्यवसायी समितिको खाता रोक्का गरिएको र ती खातामा रहेको रकमसमेत छानवीन भइरहेको उहाँले जानकारी दिनुभयो । देशभर एकैसाथ यातायातका लागि सडक अनुमति खुला गरिएको तथा यातायात व्यवस्था विभाग र मातहतका कार्यालयमा समेत यातायात सेवाको पञ्जीकरणको कार्य भइरहेको उहाँको भनाइ छ ।

साउनभित्रै चार लाख अनुमतिपत्र बाँडिने

मन्त्री महासेठलेले सवारी चालक अनुमतिको प्रतीक्षामा रहेका नागरिकलाई विशेष प्राथमिकतामा राखी आगामी साउन मसान्तभित्रै वितरण गर्ने योजना बनाइएको जानकारी दिनुभयो । उहाँले चार लाख थान सवारी चालक अनुमतिपत्र प्रदान गर्ने लक्ष्य राखिएको र बिहान ६ बजेदेखि राती आठ बजेसम्म कार्ड छपाइ हुने व्यवस्था मिलाइएको उल्लेख गर्नुभयो । सेवाग्राहीले लामो समयदेखि स्मार्ट कार्ड लिनका लागि कुर्नुपर्ने अवस्थाको अन्त्य गरिने र पहिलो चरणमा प्रतीक्षामा रहेकाहरुलाई वितरण गर्ने र क्रमशः सहज बनाइने भएको छ ।

सवारी परीक्षणसम्बन्धी कार्यलाई विस्तार गर्न प्रदेश नं ३ को हेटौडा र ५ नं प्रदेशको बुटवलमा सवारी परीक्षण कार्यालय स्थापना भएको र विराटनगर, बर्दिबासबाट सवारी चालक अनुमतिपत्र नवीकरणको व्यवस्था मिलाइएको मन्त्री महासेठको भनाइ छ ।

 

प्रतिक्रिया दिनुहोस
बाढी, पहिरो र डुबानमा परी हालसम्म २४६ को मृत्यु

    हालैको बाढी, पहिरो तथा डुबानमा परेर मृत्यु हुनेको संख्या दुई सय

चितवनमा प्रभु बैंकको एजुकेशन हबको शुभारम्भ

    बैदेशिक शिक्षाको अध्ययन गर्न जाने विद्यार्थीहरुलाई ऋण सहजताको लागि प्रभु बैंकले

दुर्गाका समर्थकले आगो लगाएका ट्रकका चालकको मृत्यु

    दुर्गा प्रसाईं पक्राउको विरोध गर्दै उनका समर्थकद्वारा आगजनी गरिएको भारतीय ट्रक

हेटौँडा-काठमाडौं जोडने सबै सडक मार्ग सुचारु

    गत असोज १०-१२ गते परेको अविरल वर्षापछि आएको बाढी पहिरोको कारण