संस्थागत भ्रष्टाचारले विकासको काममा प्रभाव : मुख्यमन्त्री गुरुङ



हाम्रो इकोनोमि

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले संस्थागत भ्रष्टाचार बढेकै कारण विकास निर्माण प्रभावित भएको बताउनुभएको छ ।

जिल्ला समन्वय समिति लमजुङको दोस्रो जिल्ला सभामा उहाँले भन्नुभयो, “ भ्रष्टाचार बढेकै कारण बजेट कार्यान्वयमा चुनौती देखिएको छ ।”

“बजेट खर्च गर्ने राज्यको प्रक्रियामा ढिलाइ छ, संस्थागत भ्रष्टाचार बढ्न थालेको छ”, मुख्यमन्त्री गुरुङले भन्नुभयो, “यसको अन्त्य नभएसम्म अपेक्षित विकास निर्माण हुन सक्दैन ।”

उहाँले जनप्रतिनिधिहरुमा पनि जनताको सेवामा भन्दा हाकिम र ठेकेदारसँगै मिलेमतोमा लाग्ने प्रवृत्ति बढेकोमा दुःख व्यक्त गर्दै यसका लागि प्रभावकारी अनुगमनको आवश्यकता रहेको बताउनुभयो ।

“उपभोक्ता समितिका भरमा मात्र योजना छोड्ने प्रवृत्ति अन्त्य गर्नुपर्छ”, मुख्यमन्त्री गुरुङले भन्नुभयो, “योजना सँगै जनप्रतिनिधिको कामकारबाहीलाई पनि अनुगमन गर्नुपर्छ ।”

जिल्ला समन्वय समितिका प्रमुख लोकराज पाण्डेको अध्यक्षतामा भएको सो कार्यक्रममा समन्वय समितिका योजना तथा गतिविधिबारे जिल्ला समन्वय अधिकारी अन्तरबहादुर सिलवाले प्रकाश पार्नुभयो ।

प्रतिक्रिया दिनुहोस
गति अनुसार मति बनाउन ईश्वरको सुझाव

  नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले पार्टीको ऐतिहासिक पृष्ठभूमि, सिद्धान्त र संगठनात्मक मजबुतीलाई...

सभामुखमा डीपी अर्यालको उम्मेदवारी दर्ता

    रास्वपा उपसभापति डोलप्रसाद अर्याल (डीपी अर्याल)ले सभामुख पदमा मनोनयन दर्ता गराएका...

एसईईका नक्कली परीक्षार्थी पक्राउ

     माध्यमिक शिक्षा परीक्षा (एसईई)मा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक...

युद्ध लम्ब्याउने कि फर्किने संकटमा ट्रम्प

    अमेरिकी गुप्तचर निकायले इरानसँग अझै शत्तिशाली क्षेप्यास्त्र प्रहार क्षमता कायम रहेको...