सरकारलाई सर्वोच्चले भन्यो ‘निषेधित क्षेत्र कार्यान्वयन नगर, सरकारको निर्णयमा किन तगारो लाउदैछ सर्वोच्च ?



हाम्रो इकोनोमि

सर्वोच्च अदालतले माइतीघर मण्डला लगायतका स्थानमा सभा तथा विरोध प्रदर्शन गर्न निषेध गर्ने काठमाडौ जिल्ला प्रशासन कार्यालयको निर्णय कार्यान्वयन नगर्न दिएको अन्तरिम आदेशलाई निरन्तरता दिएको छ ।

अब मुद्दाको अन्तिम टुंगो नलागेसम्म निषेधित क्षेत्र लागू हुने छैन ।

न्यायाधीशद्वय ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसेको संयुक्त इजलासले जिल्ला प्रशासन कार्यालय काठमाडौंले जारी गरेको निषेधाज्ञा स्थानीय प्रशासन ऐन विपरित भएको ठहर गरेको छ । ऐनको दफा ६ को उपदफा ३ मा एक पटक जारी भएको आदेश दुई महिनाभन्दा बढी हुने छैन भनिएको छ ।

तर, स्थानीय प्रशासनले अर्को आदेश नभएसम्म लागि भन्दै निषेधाज्ञा जारी गरेको थियो ।

निवेदकले उठाएको विषयबस्तु संविधानको धारा १७ को २ को ख र सोको प्रतिबन्धात्मक बाक्यांशको खण्ड २ ले गरेको व्यवस्थासँग समेत सम्बन्धित रहेको भन्दै इजलासले अन्तिम सुनुवाई नहुँदासम्म अन्तरिम आदेशलाई जारी राखेको छ ।

संविधानको १७ को २ को ख मा विना हातहतियार शान्तिपूर्वक भेला हुने स्वतन्त्रता सुनिश्चित गरेको छ । सर्वोच्च अदालतले अहिले सरकारको हरेक निर्णयलाई उल्टाउने काम गरिरहेको छ । यसभन्दा अघि सार्वजनिक संस्थानको प्रमुख बर्खास्तिमा पनि सर्वोच्च अदालतले निर्णय कार्यान्वयन नगर्न सरकारको नाममा आदेश जारी गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
गति अनुसार मति बनाउन ईश्वरको सुझाव

  नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले पार्टीको ऐतिहासिक पृष्ठभूमि, सिद्धान्त र संगठनात्मक मजबुतीलाई...

सभामुखमा डीपी अर्यालको उम्मेदवारी दर्ता

    रास्वपा उपसभापति डोलप्रसाद अर्याल (डीपी अर्याल)ले सभामुख पदमा मनोनयन दर्ता गराएका...

एसईईका नक्कली परीक्षार्थी पक्राउ

     माध्यमिक शिक्षा परीक्षा (एसईई)मा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक...

युद्ध लम्ब्याउने कि फर्किने संकटमा ट्रम्प

    अमेरिकी गुप्तचर निकायले इरानसँग अझै शत्तिशाली क्षेप्यास्त्र प्रहार क्षमता कायम रहेको...