पौडेल समूहको भेलामा सिटौला नगएपछि यस्तो चल्यो खैलाबैला



हाम्रो इकोनोमि

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको भेलामा कृष्ण सिटौला अनुपस्थित भएका छन् । पार्टी सभापति शेरबहादुर देउवासँग छलफल गर्नुपर्ने साझा धारणा बनाउन पौडेलले भेला बोलाएका थिए ।

बसुन्धारास्थित एक पार्टी प्यालेसमा भएको भेलामा सिटौला अनुपस्थित रहे । सिटौलाले डाक्टरसँग समय मिलाएकाले आफू आउन नसक्ने सन्देश पठाएका थिए ।

तर, भेला पूर्वनिर्धारित भएकाले सिटौला, पौडेलको भूमिकाप्रति असन्तुष्टि जनाउन नआएको हुन सक्ने एक नेताले आशंका गरे । पछिल्लो समय पौडेल पार्टी सभापति देउवाप्रति नरम देखिएकोमा सिटौला समूहका नेताहरु शशंकीत छन् ।

भेलामा सांसद गगन थापा पनि थिएनन् । उनी शिक्षण अस्पतालको एक कार्यक्रममा थिए । सिटौला निकट मानिएका केन्द्रीय सदस्य प्रदीप पौडेल भने भेलामा थिए ।

 

प्रतिक्रिया दिनुहोस
गति अनुसार मति बनाउन ईश्वरको सुझाव

  नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले पार्टीको ऐतिहासिक पृष्ठभूमि, सिद्धान्त र संगठनात्मक मजबुतीलाई...

सभामुखमा डीपी अर्यालको उम्मेदवारी दर्ता

    रास्वपा उपसभापति डोलप्रसाद अर्याल (डीपी अर्याल)ले सभामुख पदमा मनोनयन दर्ता गराएका...

एसईईका नक्कली परीक्षार्थी पक्राउ

     माध्यमिक शिक्षा परीक्षा (एसईई)मा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक...

युद्ध लम्ब्याउने कि फर्किने संकटमा ट्रम्प

    अमेरिकी गुप्तचर निकायले इरानसँग अझै शत्तिशाली क्षेप्यास्त्र प्रहार क्षमता कायम रहेको...