खबरदार जनताको पैसा यसरी डुब्दै छ, प्राइम कमर्सियल बैंकको भवन निर्माणमा ९ करोड घोटाला



 

नेवारी समुदायको पारिवारिक सञ्जालभित्र सञ्चालन भएको प्राइम कमर्सियल बैंकभित्र नौ करोडभन्दा ज्यादा घोटाला भएको खुलासा भएको छ ।

 

जग्गा खरिद प्रकृयाबाटै विवादमा आएको प्राइम बैंकको कर्पोरेट अफिस निर्माणसम्म आइपुग्दा जनताको डिपोजिटबाट जम्मा भएको नौ करोडभन्दा बढी पैसा घोटाला भएको भन्दै पूर्व संचालक, शेयरधनी, प्रमोटर र केही कर्मचारीहरूले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी हालेका छन् ।

 

बैंकको कमलपोखरीमा भवन निर्माण गर्दा तत्कालीन अध्यक्ष एवं कांग्रेसी सभासद उमेश श्रेष्ठ, सीइओ नारायणदास मानन्धर, डिजिएम भाइराजा तुलाधारलगायत केही सञ्चालक र उच्च कर्मचारीहरूको मिलेमतोमा ठेकेदारलाई महँगोमा टेण्डर दिई नौ करोड झ्वाम बनाएको उजुरीमा उल्लेख छ । करिब १६ करोड ५२ लाखमा निर्माण सम्पन्न भएको कर्पोरेट अफिसको सामान खरिद गर्र्दासमेत एक करोड घोटाला गरिएको भेटिएको छ ।

 

प्राइम बैंकमा नेपाली भाषा प्रायः बोलिँदैन । सबैजसो कर्मचारी नेवारी भाषाबाटै बैंकिङ कारोबार गर्दछन् भन्दा पत्याउन गाह्रो पर्ला तर, सत्य यही हो । उजुरीमा अख्तियार प्रमुखलाई सम्बोधन गरी भनिएको छ, ’बैंकको कमलपोखरीस्थित नयाँ कर्पोरेट भवन निर्माण जनताको डिपोजिटबाट भएको र सो निर्माणमा नौ करोडभन्दा बढी घोटाला भएकाले सो फाइल राष्ट्र बैंकमार्फत झिकाइ अनुसन्धान गर्न आग्रह गर्दछौं ।‘

 

अनुसन्धानलाई सहयोग पुर्याउन जग्गा र भवनको नक्सा, ठेकेदारलाई भुक्तनी गरिएका बिल, भौचर, डेकोरेसनका सामान खरिदका बिल, भौचर, बैंकका कर्मचारीको अकुत सम्पत्तिको प्रतिलिपीहरू उजुरीसँगै पेश गरिएको व्याहोरा पनि उजुरीमा लेखिएको छ ।

 

उजुरीमा भनिएको छ, ’बैंकका सीइओलाई समेत गुम्राहामा राखी बैंकका डिजिएम भाइराजा तुलाधार तथा केही उच्च पदस्थ कर्मचारीले ठेकेदारसँग प्रत्यक्ष लाभ लिएको भेटिएकाले भवन निर्माण र एक करोडभन्दा बढी कर्जा प्रवाहका सम्पूर्ण फाइल राष्ट्र बैंकमार्फत् झिकाई छानबिन गरी कारबाही गर्न अख्तियार प्रमुखलाई आग्रह गर्दछौं ।

 

‘उजुरीमा उल्लेख भए अनुसार राष्ट्र बैंकको उच्च स्तरीय स्थलगत निरीक्षण टोलीले निरीक्षण गरे पनि कतै घोटाला भएको नदेखाएको भेटिएको कारण हो– टोलीका दर्जनौं नातेदारलाई बैंकले जागिर दिएको छ । दशैं तिहारमा महँगा रक्सी र घर जानका लागि गाडी व्यवस्था गरेका कारण राष्ट्र बैंकका गर्भनर चिरन्जीवी नेपालको समेत संलग्नता देखिएकाले राष्ट्र बैंकमार्फत् फाइल झिकाई श्रीमान् अख्तियार प्रमुखबाट छानबिन होस् भन्ने आशयको उजुरी हालिएको छ ।

 

कांग्रेसी सभासद एवं पूर्व प्राइम बैंकका अध्यक्ष उमेश श्रेष्ठको दबाबमा गभर्नर डा. नेपालले कारबाही नगरेको देखिन्छ । उजुरीमा उल्लेख गरिएको छ, ’बैंकका कर्मचारी सबैजसो नेवारी परिवारबाटै लिइएको र उनीहरूका गार्जेनबाट रकमसमेत लिएको देखिएकाले सो कर्मचारी भर्ना प्रक्रियाका सबै फाइल झिकाई छानबिन गर्न अख्तियार प्रमुखलाई आग्रह गर्दछौं ।‘

 

राष्ट्र बैंकमा पटक–पटक छानबिन गर्न उजुरी दिए पनि निरीह गभर्नर डा. चिरन्जीवी नेपालले छानबिन नगरेको, उल्टै राष्ट्र बैंकका कार्यकारीमार्फत् लाभ लिएको चर्चा चलेकाले यस घटनामा गभर्नर डा. नेपालको समेत बयान लिई छानबिन अगाडि बढाउन आग्रह गर्दछौं भनी अख्तियारमा परेको उजुरीमा भनिएको छ ।

 

स्मरणीय रहोस्, गुप्त रूपमा सञ्चालन भएको प्राइम बैंकभित्र डरलाग्दा घोटाला काण्ड बाहिर आएका छन् । यो काण्डमाथि पनि उस्तै तरिकाले छानबिन हुन जरुरी देखिन्छ । यस सम्बन्धमा राष्ट्र बैंकका कार्यकारी निर्देशक नारायण पौडेलसँग सम्पर्क गर्दा भने, ’तपाईंले भनेको घोटाला भएको भए छानबिन हुन्छ ।

 

हामीले निरीक्षण टोली पठाएर छानबिन गर्न पनि सक्दछौं । अख्तियारमै उजुरी परेपछि त अख्तियारले पनि हामीमार्फत् फाइल झिकाएर कारबाही अगाडि बढाउला नि ! र अर्को कुरा कर्मचारी हाम्रा आफन्त राखेको चाहिँ सत्य होइन ।

 

बैंकले प्रक्रिया नपुर्याई कर्मचारी राखेको कारण राष्ट्र बैंकमा उजुरी आए छानबिन हुन्छ ।‘नै करोड घोटालाबारे बैंकका सीइओ नारायणदास मानन्धरले भने, ’मलाई यस्तो घोटाला भएजस्तो लाग्दैन । अख्तियार र राष्ट्र बैंकमा उजुरी परेको छ भने छानबिन हुन्छ होला र हुनु पनि पर्दछ । कर्मचारी भर्नामा आर्थिक चलखेल भएको मलाई थाहा छैन ।

 

प्रक्रियाबाटै कर्मचारी भर्ना गरिएका छन् ।‘ हालका बैंकका अध्यक्ष उदय मोहन श्रेष्ठले समेत उक्त भवन निर्माणको ९ करोड घोटला काण्डको छानविन गर्नुको सट्टा ढाकछोप गरेकाले उनलाई समेत बोलाएर बयान लिन आग्रह गर्दछौं । जे भए पनि जनताको पैसामा भएको खेलबाडको जिम्मा राष्ट्र बैंकले लिनु पर्दछ कि पर्दैन ? यो खोजीको विषय बनेको छ ।

प्रतिक्रिया दिनुहोस
बाढी, पहिरो र डुबानमा परी हालसम्म २४६ को मृत्यु

    हालैको बाढी, पहिरो तथा डुबानमा परेर मृत्यु हुनेको संख्या दुई सय

चितवनमा प्रभु बैंकको एजुकेशन हबको शुभारम्भ

    बैदेशिक शिक्षाको अध्ययन गर्न जाने विद्यार्थीहरुलाई ऋण सहजताको लागि प्रभु बैंकले

दुर्गाका समर्थकले आगो लगाएका ट्रकका चालकको मृत्यु

    दुर्गा प्रसाईं पक्राउको विरोध गर्दै उनका समर्थकद्वारा आगजनी गरिएको भारतीय ट्रक

हेटौँडा-काठमाडौं जोडने सबै सडक मार्ग सुचारु

    गत असोज १०-१२ गते परेको अविरल वर्षापछि आएको बाढी पहिरोको कारण