प्रचण्डले भने ‘छविलाललाई मैले जेल जान भनेको हुँ, अदालतले निर्दोष प्रमाणित गर्ने छ’



हाम्रो इकोनोमि

 

नेपाल कम्युनिष्ट पार्टी कोष्ठमा छुट्टा–छुट्टै (ने क पा)का अध्यक्ष पुष्पकमल दाहालले गोरखा फुजेलका कृष्ण अधिकारी हत्या प्रकरणमा कारागार चलान भएका छविलाल पौडेल निर्दाेष भएको बताएका छन् ।

 

गृहजिल्ला चितवनको भरतपुर, पटिहानीमा भएको कार्यक्रममा दाहालले छविलाल निर्दोष भएको जिकिर गरे । उनले भनेका छन्, ‘हाम्रो विचारमा उहाँ निर्दाेष हुनुहुन्छ ।

 

केही दिनभित्र अदालतले पनि यही कुरा प्रमाणित गर्ने छ । हामीले विश्वास  लिएका छौं, उहाँ निर्दोष सावित हुनुहुनेछ ।’ दाहालले निर्दोष भनेका छविलाल आफै अदालतमा आत्मसमर्पण गर्न पुगेका थिए । तीन वर्षअघि सर्वोच्चले गरेको फैसलाको लिढो गरी पालना गरेका छविलालविरुद्धको मुद्दा  चितवन जिल्ला अदालतमा विचाराधिन छ ।

 

अध्यक्ष दाहालले भनेको कुरालाई हल्का रुपमा भने लिन नहुने बताइँदैछ । फुजेल हत्या प्रकरणको छानविनबारे जानकारहरु भन्छन्, ‘जिल्ला अदालतका पूर्व न्यायाधीशहरु र प्रहरी मिलेर मुद्दा कमजोर बनाएका छन् । छानविन फितलो छ । यो गंगामायाको अनशन तोड्ने एउटा प्रयोग मात्रै हो ।’ दाहालले भनेजस्तै छविलाल फेरि छोडिन सक्छन् ।

तर, दाहालले आफुले नै छविलाललाई जेल जान भएको कुरा खोलेका छन् । उनले भने, ‘लोकतन्त्रमाथि नै प्रश्न चिह्नखडा हुन्छ कि भन्ने कुरा सञ्चारमाध्यम र अधिकारकर्मीले उठाईरहे त्यसैले मैले नै जेल जान भनेको हुँ ।’

 

‘लोकतन्त्रको अभ्यासमा कही कतैबाट प्रश्न उठ्न नपाओस् भनेर हामीले छविलाललाई सर्वाेच्च अदालतमा हाजिर हुन भन्यौं । उहाँ अहिले डिल्लीबजारको खोरमा हुनुहुन्छ’ दाहालले भनेका छन् । उनले अदालतमा विचाराधीन मुद्दाबारे सार्वजनिक समारोहमा निर्दोष सावित गर्ने कुरा बोलेका छन् । २०६१ जेठ २४ गते गोरखा फुजेलका कृष्ण अधिकारीको चितवन रत्ननगरमा तत्कालीन माओवादी कार्यकर्ताले गोली हानी हत्या गरेका थिए ।

 

हत्याविरूद्ध कृष्णप्रसादका दाजु नुरप्रसाद अधिकारीले २०७० चैतमा गोरखाकै छविलाल पौडेललगायत १३ जना विरूद्ध चितवन जिल्ला अदालतमा मुद्दा दर्ता गरेका थिए । जिल्ला र पुनरावेदन अदालतले सबैलाई तारेखमा छाड्न भने पनि तत्कालीन मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मीले मानव अधिकार आयोगको सिफापिस स्वीकृत गरेर मुद्दा खोल्ने मार्ग प्रसस्त गरेका थिए ।

 

नभन्दै सर्वाेच्च अदालतले छविलाललाई पुर्पक्षका लागि थुनामा राख्न भनेको थियो। तर, सर्वोच्चले आदेश दिएको ३ वर्षपछि मात्रै छविलाल अदालतमा उपस्थित भए ।

प्रतिक्रिया दिनुहोस
गगन थापा रास्वपा महाधिवेशनमा जाने

    कांग्रेस सभापति गगन थापा रास्वपाको पहिलो महाधिवेशन उदघाटन सत्रमा सहभागी हुने...

वेबसाइट निर्माण प्रतियोगिता सिजन ८ को उपाधि अङ्किता भट्टराईलाई

    क्लिन्टन स्कुलकी अङ्किता भट्टराईले लाइफ कम्प्युटरद्वारा आयोजित ‘वेबसाइट निर्माण प्रतियोगिता –...

एमाले सुदूरपश्चिम पनि पार्टी पुनर्गठनको पक्षमा

    नेकपा एमालेको सुदूरपश्चिम प्रदेशस्तरीय सुझाव संकलन कार्यक्रममा अधिकांश नेता तथा कार्यकर्ताले...

सरकारविरुद्ध सडकमा जानुपर्ने हुनसक्छ : प्रचण्ड

    नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सरकारको क्रियाकलाप जनविरोध भएको...