पौडेल समूहले बोलायो भेला, देउवा परे अल्पमतमा, को को छन रामचन्द्र गुटमा



हाम्रो इकोनोमि

नेपाली कांग्रेसको रामचन्द्र पौडेल-कृष्ण सिटौला समूहले केन्द्रीय सदस्यहरुको भेला बोलाएको छ । पछिल्लो समय पार्टी सभापति शेरबहादुर देउवासँग मिलेको आरोप लागिरहेका बेला पौडेल आफैंले भेला बोलाएका हुन् ।

विहान ११ बजे एक पार्टी प्यालेसमा बोलाइएको भेलामा देउवा इतर समूहका सबै केन्द्रीय सदस्यहरुलाई बोलाइएको छ । भेलामा पौडेलसँगै नेताहरु कृष्ण सिटौला, प्रकाशमान सिंह र अर्जुननरसिंह केसी लगायत पनि हुनेछन् ।

नेताहरुका अनुसार पार्टी सभापति देउवाले साउन २ मा शीर्ष नेताहरुको बैठक बोलाएका छन् । यो बैठकमा महासमिति बैठकको मिति, विधान मस्यौदा समिति गठन र पार्टीका विभागहरुलाई पूर्णता दिने लगायतका एजेण्डा छ ।

उक्त बैठक अघि राय संकलनका लागि पौडेल समूहले छुट्टै भेला बोलाएको हो ।

यो बैठकपछि देउवा भने स्वास्थ्य उपचारका लागि ६ गते देश बाहिर जाने कार्यक्रम छ ।

पौडेलको स्पष्टीकरणः देउवासँग नमिलेको स्पष्टीकरण

भेलाको तयारीका क्रममा देउवा इतर समूहका प्रमुख नेताहरुको बैठक बसेको थियो, जहाँ पौडेलले आफू पार्टी सभापतिसँग नमिलेको स्पष्टीकरण लिएका छन् ।

पौडेलले आफूलाई बदनाम गर्ने योजनाअनुसार नै देउवासँग मिलेको खबर फैलाइएको हुन सक्ने आशंका गरेका छन् । देउवाले आफूसँग एक्लै भेट्न खोजेको तर, आफू टिमसहित गएको र समूहमा टिममा भएको छलफल अनुसार नै आफूले एजेण्डाहरु राखेको पौडेलले स्पष्टीकरण दिएको एक नेताले बताए ।

प्रतिक्रिया दिनुहोस
संसदको दुवै सदनको चालू अधिवेशन अन्त्य

     राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको चालू अधिवेशन अन्त्य गरेका छन् ।...

अडियोमा बोल्ने मान्छेहरूसँग मेरो चिनजान छैन : कृषि मन्त्री

    कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले सामाजिक सञ्जालमा सार्वजनिक भएको...

वडा अधिवेशनमा सहभागी हुन देउवाको आह्वान

    नेपाली कांग्रेसका निवर्तमान सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको १५औँ...

सरकारले सामाजिक सञ्जालका सामग्रीहरूको तथ्य जाँच गर्छ : सञ्चारमन्त्री

    सरकारले सामाजिक सञ्जालमा सम्प्रेषित सामग्रीहरूको तथ्य जाँच गर्ने भएको छ ।...