पौडेल समूहले बोलायो भेला, देउवा परे अल्पमतमा, को को छन रामचन्द्र गुटमा



हाम्रो इकोनोमि

नेपाली कांग्रेसको रामचन्द्र पौडेल-कृष्ण सिटौला समूहले केन्द्रीय सदस्यहरुको भेला बोलाएको छ । पछिल्लो समय पार्टी सभापति शेरबहादुर देउवासँग मिलेको आरोप लागिरहेका बेला पौडेल आफैंले भेला बोलाएका हुन् ।

विहान ११ बजे एक पार्टी प्यालेसमा बोलाइएको भेलामा देउवा इतर समूहका सबै केन्द्रीय सदस्यहरुलाई बोलाइएको छ । भेलामा पौडेलसँगै नेताहरु कृष्ण सिटौला, प्रकाशमान सिंह र अर्जुननरसिंह केसी लगायत पनि हुनेछन् ।

नेताहरुका अनुसार पार्टी सभापति देउवाले साउन २ मा शीर्ष नेताहरुको बैठक बोलाएका छन् । यो बैठकमा महासमिति बैठकको मिति, विधान मस्यौदा समिति गठन र पार्टीका विभागहरुलाई पूर्णता दिने लगायतका एजेण्डा छ ।

उक्त बैठक अघि राय संकलनका लागि पौडेल समूहले छुट्टै भेला बोलाएको हो ।

यो बैठकपछि देउवा भने स्वास्थ्य उपचारका लागि ६ गते देश बाहिर जाने कार्यक्रम छ ।

पौडेलको स्पष्टीकरणः देउवासँग नमिलेको स्पष्टीकरण

भेलाको तयारीका क्रममा देउवा इतर समूहका प्रमुख नेताहरुको बैठक बसेको थियो, जहाँ पौडेलले आफू पार्टी सभापतिसँग नमिलेको स्पष्टीकरण लिएका छन् ।

पौडेलले आफूलाई बदनाम गर्ने योजनाअनुसार नै देउवासँग मिलेको खबर फैलाइएको हुन सक्ने आशंका गरेका छन् । देउवाले आफूसँग एक्लै भेट्न खोजेको तर, आफू टिमसहित गएको र समूहमा टिममा भएको छलफल अनुसार नै आफूले एजेण्डाहरु राखेको पौडेलले स्पष्टीकरण दिएको एक नेताले बताए ।

प्रतिक्रिया दिनुहोस
एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...

उपमहासचिवमा लेखराज, रघुवीर र योगेश विजयी

     नेकपा एमालेको उपमहासचिवमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई विजयी...

एमाले महासचिवमा शंकर पोखरेल विजयी

    नेकपा एमालेको महासचिवमा शंकर पोखरेल विजयी भएका छन् । १२२८ मत...

दुई तिहाई मतसहित अध्यक्षमा केपी ओली विजयी

    नेकपा एमालेको ११औँ महाधिवेशनबाट अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन्...