इतिहासले अपराधीको चिहान खोतल्दै ल्याउँछ, गल्ती गर्नेहरु कोही लुक्न सक्दैनन्– अध्यक्ष प्रचण्ड



हाम्रो इकोनोमि

 

नेपाल कम्युनिस्ट पार्टी (ने क पा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकतालाई के गरी कमजोर पार्न सकिएला र भ्रम छर्न सकिएला भनेर एउटा वर्ग रातदिन कसरतमा लागेको बताएका छन् ।

 

आइतबार विष्णु चौलागाईंको १५औं स्मृति दिवसको अवसरमा पेरिसडाँडामा आयोजित कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले एकता भंग गर्नका लागि पार्टी तथा सरकारबाट भएका सानातिना त्रुटिलाई पनि समातेर जनतामा भ्रम पार्न एक वर्ग निरन्तर कसरतमा लागेको बताएका हुन् ।

 

कार्यक्रममा माओवादीलाई उदृत गर्दै प्रचण्डले पार्टी जमेको पोखरी जस्तो नभएको बताए । उनले भने, ‘कतिपयले पार्टीलाई जमेको पोखरीजस्तो गरी बुझ्छन्। एकचोटि बनेपछि बन्यो, त्यो भत्किनै हुँदैन । चल्नै हुँदैन भन्ने सोच्छन् । तर कम्युनिस्ट र वैज्ञानिकहरुका निम्ति पार्टी भनेको पोखरीमा जमेको पानी होइन । गडगडाउँदो खोलाजस्तो हो । यता र उता भत्काउँदै अगाडि बढी आफ्नो गन्तव्यतिर निरन्तर लाग्छ ।

साथै प्रचण्डले इतिहासको अदालत धेरै शक्तिशाली भएको भन्दै गल्ती गर्नेहरु लुक्न नसक्ने बताए ।

 

जनयुद्धका बेलामा कतिपय गल्ती हामीबाट भए भनेर आफूले त्यतिबेला पनि वक्तव्य दिने गरेको उनले सुनाए । बाँदरमुडेमा जे घटना भयो, गल्ती भयो भनेर यो पार्टीको, केन्द्रको नीति योजना र कार्यक्रमभन्दा बाहिर भयो भनेर त्यति नै बेला वक्तव्य दिएको छु र बिबिसीसँग मैले त्यतिबेला कुरा गरेको छुु, उनले भने ।

 

चाहे बेथानको कुरा गरौं, चाहे दोरम्बाको कुरा गरौँ । यी ऐतिहासिक परिघटनाहरु छन्। यी कसैले बिर्साएर बिर्सिन सकिने छैन । तर, कोही गल्ती गरेकोबाट छुपेर जान्छु भनेर सोच्न पर्दैन। इतिहासले चिहान खोतल्दै ल्याउँछ र अपराधीलाई कठघरामा उभ्याएरै छोड्छ, प्रचण्डले भने ।

प्रतिक्रिया दिनुहोस
नवनिर्वाचित राष्ट्रिय सभा सांसदहरूको शपथ

    माघ ११ गते सम्पन्न राष्ट्रिय सभा निर्वाचनबाट निर्वाचित भएका सांसदहरूले शपथ...

नीति र नेतृत्वलाई जनताले अस्वीकार गरे : योगेश

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले हालै सम्पन्न निर्वाचनको परिणामले पार्टीको नीति...

कार्की आयोगले बुझायो जेनजी आन्दोलनको प्रतिवेदन

    गत भदौमा भएको नेपालमा भएको जेनजी आन्दोलनमा भएका घटना र सरकारी...

ताप्लेजुङमा एमालेका क्षितिज थेबे विजयी

    प्रतिनिधिसभा सदस्यका लागि ताप्लेजुङबाट नेकपा (एमाले)का उमेदवार क्षितिज थेबे विजयी भएका...