आठ अंकले बढ्यो शेयर बजार



हाम्रो इकोनोमि

बीमा, होटल, जलविद्युत् र उत्पादन समूहको शेयर कारोवार उकालो लागेपछि आज शेयर बजारमा सकारात्मक प्रभाव परेको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार आज शेयर मापक नेप्से परिसूचक ८.११ बिन्दुले बढेर एक हजार २०० बिन्दुमा पुगेको छ ।

यस्तै ‘क’ वर्गका कम्पनीको शेयर मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत १.७६ बिन्दुले उकालो लागेको छ । कूल १७० कम्पनीको छ लाख ६७ हजार ४३४ कित्ता शेयर रु १९ करोड ३८ लाख २६ हजार ४१० मूल्यमा खरिद बिक्री भएको छ ।

स्टकका अनुसार नेप्से परिसूचक बढे पनि कारोवार रकम भने आज बढ्न सकेन । बीमा ४३.४९, होटल ४०.६६ र उत्पादन समूह ९.३८ बिन्दुले बढेको छ । यस्तै बैंकिङ ७.८५, व्यापार ०.१७, विकास बैंक ७.७१, जलविद्युत् १०.७८, अन्य १.९ र माइक्रोफाइनान्स समूह ६.५५ बिन्दुले बढ्दा वित्त क्षेत्र भने १.५७ बिन्दुले घटेको छ ।

प्रतिक्रिया दिनुहोस
नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा सुरु

    स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा सुरु भएको छ...

प्रभु बैँकका ग्राहकलाई ससः त्वामा १५ प्रतिशतसम्म छुट

    प्रभु बैँक लिमिटेड र कीर्तिपुर नगरपालिका–३ सागलस्थित ससः त्वा हस्पिटालिटी प्रालिबिच...

प्रभु बैंकले ३ करोडसम्म घर कर्जा दिने

    प्रभु बैंक लिमिटेडले घर तथा सवारी साधन खरिदका लागि नयाँ होम...

माछापुच्छ्रे बैंकको डिसिइओमा पाँडे

    माछापुच्छ्रे बैंक लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृत (डिसिइओ)मा कल्याणविक्रम पाँडे नियुक्त...