आठ अंकले बढ्यो शेयर बजार



बीमा, होटल, जलविद्युत् र उत्पादन समूहको शेयर कारोवार उकालो लागेपछि आज शेयर बजारमा सकारात्मक प्रभाव परेको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार आज शेयर मापक नेप्से परिसूचक ८.११ बिन्दुले बढेर एक हजार २०० बिन्दुमा पुगेको छ ।

यस्तै ‘क’ वर्गका कम्पनीको शेयर मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत १.७६ बिन्दुले उकालो लागेको छ । कूल १७० कम्पनीको छ लाख ६७ हजार ४३४ कित्ता शेयर रु १९ करोड ३८ लाख २६ हजार ४१० मूल्यमा खरिद बिक्री भएको छ ।

स्टकका अनुसार नेप्से परिसूचक बढे पनि कारोवार रकम भने आज बढ्न सकेन । बीमा ४३.४९, होटल ४०.६६ र उत्पादन समूह ९.३८ बिन्दुले बढेको छ । यस्तै बैंकिङ ७.८५, व्यापार ०.१७, विकास बैंक ७.७१, जलविद्युत् १०.७८, अन्य १.९ र माइक्रोफाइनान्स समूह ६.५५ बिन्दुले बढ्दा वित्त क्षेत्र भने १.५७ बिन्दुले घटेको छ ।

प्रकाशित मिति : ३१ असार २०७५, आइतबार  १५ : ४१  बजे

प्रतिक्रिया दिनुहोस
सेयर बजार कारोबार १४ अर्ब नाघ्यो

   बुधबार सेयर बजारको परिसूचक नेप्से १.२५ प्रतिशत (३४.६१ अंक) बढेको छ ।

अमेरिकाबाट थप १९ जना नेपाली भए डिपोर्ट

  अमेरिकाबाट थप १९ जना नेपाली डिपोर्ट भएका छन् । अध्यागमन विभागका महानिर्देशक

साउन महिनाको लागी बैंकहरूले घटाए ब्याजदर

    जेठ र असार महिनामा स्थिरजस्तै रहेको ब्याजदर साउन महिनाका लागि फेरि

नबिल बैंक ४२औँ वर्षमा प्रवेश

     नेपालको अग्रणी नबिल बैंकले स्थापनाको ४१औँ वर्ष पूरा गरी ४२ औँ