चिकित्सा शिक्षा विधेयक फिर्ता लिन सकिदैन भन्दै शिक्षामन्त्री पोखरेल यसरी जंगिए



हाम्रो इकोनोमि

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक फिर्ता लिन नसकिने अडान लिएका छन् ।

आइतबार संघीय संसद भवन नयाँ वानेश्वरमा पत्रकारसँग कुरा गर्दै उनले विधेयक प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसको सहमतिमै अघि बढाउने प्रतिवद्धता पनि व्यक्त गरे ।

मन्त्री पोखरेलले विधेयक माथेमा कार्यदलले दिएको सुझावको मूल ‘स्पिरिट’ अनुसार आएको दावी गर्दै त्यसमा आफू खुला छलफल र बहस गर्न तयार रहेको पनि स्पष्ट पारे ।

मन्त्री पोखरेलले वरिष्ठ चिकित्सक गोविन्द केसीको माग अनुसार चिकित्सा शिक्षाको गुणस्तर बढाउने लगायतका समस्या समाधान गर्न विधेयकमै उच्च स्तरीय आयोगको व्यवस्था गरिएको उल्लेख गर्दै आयोग गठन प्रक्रियालाई छिटो अघि बढाउन सहयोग गर्न कांग्रेसलाई आग्रह पनि गरेका छन् ।

माथेमा कार्य दलले दिएको सुझावलाई कसैले पनि अपरिवर्तनीय दस्तावेजको रुपमा लिन नहुने भन्दै उनले सरकारले केसीको जीवन रक्षाका लागि सक्दो पहल गरिरहेको पनि दावी गरे ।

 

प्रतिक्रिया दिनुहोस
संसदको दुवै सदनको चालू अधिवेशन अन्त्य

     राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको चालू अधिवेशन अन्त्य गरेका छन् ।...

अडियोमा बोल्ने मान्छेहरूसँग मेरो चिनजान छैन : कृषि मन्त्री

    कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले सामाजिक सञ्जालमा सार्वजनिक भएको...

वडा अधिवेशनमा सहभागी हुन देउवाको आह्वान

    नेपाली कांग्रेसका निवर्तमान सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको १५औँ...

सरकारले सामाजिक सञ्जालका सामग्रीहरूको तथ्य जाँच गर्छ : सञ्चारमन्त्री

    सरकारले सामाजिक सञ्जालमा सम्प्रेषित सामग्रीहरूको तथ्य जाँच गर्ने भएको छ ।...