तपाईको पढाई बिचमै छुट्यो वा पढ्न पाउनुभएन, अब चिन्ता नगर्नुस खुला विश्वविद्यालयले अब गर्दैछ सबैको ईच्छा पूरा



हाम्रो इकोनोमि

खुला विश्वविद्यालयले व्यवस्थापन तथा कानून संकायअन्तर्गत थप चारवटा कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

विश्वविद्यालयप्रति विद्यार्थीको आकर्षण बढेपछि स्नातकोत्तर तह र स्नातक तहमा थप कार्यक्रम सञ्चालन गर्न लागिएको विश्वविद्यालयका उपकुलपति डा लेखनाथ शर्माले जानकारी गराउनुभयो । जेठ १३ गतेदेखि पहिलोपटक कक्षा सञ्चालन गरेको खुला विश्वविद्यालयले भदौदेखि कक्षा सञ्चालन गर्नका लागि थप चार कार्यक्रम सञ्चालनमा ल्याउन लागेको हो ।

उहाँका अनुसार स्नातकोत्तर तहमा व्यवस्थापन प्रशासन (एमबिए) र विकास, व्यवस्थापन र सरकार (एमएसडिएमजी) तथा स्नातक तहमा कानूनमा (एलएलबी) र व्यवस्थापनमा वाणिज्य विज्ञान (बिबिएस) तहको कक्षा सञ्चालन गर्न थालेको छ ।

कक्षा सञ्चालन गर्नका लागि विश्वविद्यालयले विद्यार्थीलाई प्रवेश परीक्षाका लागि फारामसमेत खुलाइसकेको छ ।

उहाँले प्रवेश परीक्षामा उत्तीर्ण भएका विद्यार्थीलाई भदौको पहिलो हप्तादेखि कक्षा सञ्चालन गरिने जानकारी गराउनुभयो ।

अहिले खुला विश्वविद्यालयले भौतिक पूर्वाधार र प्राध्यापकको कमीले गर्दा ५० जनामात्र भर्ना गर्ने उहाँले बताउनुभयो ।

पहिलोपटक नेपालमा खुलेको खुला विश्वविद्यालयमा नयाँ विषय र घरमा बसी पढ्न सकिने भएकाले आकर्षण बढेको हो ।

विद्यार्थी पैसा र समय भएर पनि नियमित रूपमा कलेज वा विश्वविद्यालयको कक्षामा जान नसक्ने र वर्षौंदेखि पढाइ छुटेकाहरुले जुनसुकै स्थानबाट पढ्न सक्ने भएकाले खुला विश्वविद्यालयप्रति आकर्षण बढेको पाइएको छ ।

विश्वविद्यालयले अनलाइनको माध्यमबाट प्राध्यापकले बेलुका ६ देखि ९ बजेसम्म पढाउने गरेका छन् । इन्टरनेटका माध्यमबाट अध्ययन गराइने विश्वविद्यालयमा डिप्लोमा, पोष्ट ग्य्राजुएट, स्नातकोत्तर, एमफिल र विद्यावारिधिसम्मको कक्षा सञ्चालन गर्ने उपकुलपति शर्माले बताउनुभयो ।

उहाँले प्राध्यापक र विद्यार्थीबीच सहकार्य गर्नका लागि प्रत्येक सेमेष्टरमा विद्यार्थीसँग प्रत्यक्ष अन्तरक्रियासमेत गरिँदै आएको जानकारी गराउनुभयो । विश्वविद्यालयले अध्ययनका लागि अध्ययन सामग्री छलफल सामग्री र इ–लाइब्रेरी अनलाइनमा राखिएका हुन्छन् ।

विश्वविद्यालय अहिले डेढ वर्षीय पाठ्यक्रमअन्तर्गत सामाजिक विज्ञान र सूचना प्रविधिमा एमफिल, एक वर्षीय पाठ्यक्रमअन्तर्गत दूर तथा ‘इ–लर्निङ’मा पोष्ट ग्य्राजुएट तथा पुस्तकालय र सूचनामा डिप्लोमा एवं दुई वर्षीय स्नातकोत्तर तहको इ–गभर्नेन्स विषयमा पढाइ सञ्चालन गरिएको छ ।

व्यवस्थापन र कानून संकाय, सामाजिक शास्त्र तथा शिक्षा संकायबाट साधारण विषयदेखि इञ्जिनियरिङसम्म र विज्ञान, स्वास्थ्य र प्रविधि संकायबाट प्राविधिक तथा व्यावसायिक सीपदेखि विज्ञान विषयको अध्ययन हुने गर्छ ।

 

 

प्रतिक्रिया दिनुहोस
गगन थापा रास्वपा महाधिवेशनमा जाने

    कांग्रेस सभापति गगन थापा रास्वपाको पहिलो महाधिवेशन उदघाटन सत्रमा सहभागी हुने...

वेबसाइट निर्माण प्रतियोगिता सिजन ८ को उपाधि अङ्किता भट्टराईलाई

    क्लिन्टन स्कुलकी अङ्किता भट्टराईले लाइफ कम्प्युटरद्वारा आयोजित ‘वेबसाइट निर्माण प्रतियोगिता –...

एमाले सुदूरपश्चिम पनि पार्टी पुनर्गठनको पक्षमा

    नेकपा एमालेको सुदूरपश्चिम प्रदेशस्तरीय सुझाव संकलन कार्यक्रममा अधिकांश नेता तथा कार्यकर्ताले...

सरकारविरुद्ध सडकमा जानुपर्ने हुनसक्छ : प्रचण्ड

    नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सरकारको क्रियाकलाप जनविरोध भएको...