बाइस हजार बिरूवा वितरण



हाम्रो इकोनोमि

स्थानीय फाकफोकथुम गाउँपालिकाका सात वटा वडामा जिल्ला कृषि कार्यालयको शाखाले २२ हजार थान अलैँची, कागती र सुन्तलाका बिरूवा वितरण गरेको छ ।

उक्त शाखाले एक÷एक हजार सुन्तला र कागती, २० हजार अलैँचीका बिरूवा वितरण गरेको कृषि प्राविधिक कुशेश्वर यादवले बताउनुभयो । कृषिले यहाँका चार वटा सहकारी संस्थालाई ५० प्रतिशत अनुदानमा मिनिपावर ट्रिलर पनि वितरण गरेको छ । कुवापानी कृषि सहकारी, जोरधारा कृषि सहकारी, दोकानडाँडा कृषि सहकारी संस्थालाई खेतबारी जोत्नका लागि अनुदानमा मिनि ट्रिलर वितरण गरिएको उहाँले जानकारी दिनुभयो ।

यसैगरी तरकारी खेतीका लागि पाँच वटा प्लास्टिक पोखरीसमेत वितरण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
उखु किसानको अनुदान वापतको ७५ करोड रकम निकासा

    सरकारले उखु किसानहरुलाई प्रोत्सहान, अनुदान वापतको रकम निकासा गरेको छ ।...

तराई–मधेशका उखु किसानको काठमाडौं केन्द्रित प्रदर्शन

    सरकारले निर्धारण गरेको अनुदान रकम उपलब्ध नगराएको भन्दै तराई–मधेशका उखु किसानहरुले...

कोलकात्तामा मल रोकिँदा नेपालमा अभाव : कृषिमन्त्री

    कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले डीएपी र पोटास मलको आपूर्तिको...

हालसम्म देशभर ९१ प्रतिशत धान रोपाइँ

     देशभरि हालसम्म ९१ प्रतिशत धान रोपाइँ भएको छ । कृषि तथा...