ब्रिटिश गोर्खा सैनिकमा महिला पनि भर्ती हुन पाउने



हाम्रो इकोनोमि

 

ब्रिटिश गोर्खा सैनिकमा महिलाहरुलाई पनि भर्ती लिने तयारी थालिएको छ ।

बेलायती सेनामा गोर्खाहरुको आवद्धता दुई सय वर्षभन्दा लामो छ तर, अहिलेसम्म पुरुषहरुले मात्र भर्ना हुन पाउँथे । अर्को वर्षबाट ब्रिटिश गोर्खा सैनिकमा महिलाहरुलाई पनि लिने तयारी थालिएको सन्डे टाइम्सले जनाएको छ ।

अर्को वर्षबाट ब्रिटिश गोर्खा सैनिकमा महिलाहरुका लागि पहिलो पटक भर्ती खुल्ने र त्यसको तालिम २०२० को बसन्त ऋतुबाट सुरु हुने समाचारमा उल्लेख छ ।

पुरुष र महिलाहरुका लागि भर्ना छनोट प्रक्रिया र तालिममा भने फरक हुने छैन । ब्रिटिश गोर्खा सैनिकको भर्ना हुनुअघि र भर्ना भइसकेपछि कठोर तालिम गनुपर्छ ।

भर्ना हुन इच्छुक उम्मेदवारहरुलाई ५५ एलबी अर्थात् झण्डै २५ किलो बालुवाको भारी बोकाएर पहाडमा दौडाइन्छ । भारी बोकेर करिब तीन माइलको दुरी उनीहरुले ४८ मिनेटमा पूरा गर्नुपर्दछ ।

राम्रो तलब सुविधा हुने भएकाले नेपाली युवाहरुमा पनि ब्रिटिश सेनाको जागिरप्रति आकर्षण छ ।

प्रतिक्रिया दिनुहोस
अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...