ब्रिटिश गोर्खा सैनिकमा महिला पनि भर्ती हुन पाउने



हाम्रो इकोनोमि

 

ब्रिटिश गोर्खा सैनिकमा महिलाहरुलाई पनि भर्ती लिने तयारी थालिएको छ ।

बेलायती सेनामा गोर्खाहरुको आवद्धता दुई सय वर्षभन्दा लामो छ तर, अहिलेसम्म पुरुषहरुले मात्र भर्ना हुन पाउँथे । अर्को वर्षबाट ब्रिटिश गोर्खा सैनिकमा महिलाहरुलाई पनि लिने तयारी थालिएको सन्डे टाइम्सले जनाएको छ ।

अर्को वर्षबाट ब्रिटिश गोर्खा सैनिकमा महिलाहरुका लागि पहिलो पटक भर्ती खुल्ने र त्यसको तालिम २०२० को बसन्त ऋतुबाट सुरु हुने समाचारमा उल्लेख छ ।

पुरुष र महिलाहरुका लागि भर्ना छनोट प्रक्रिया र तालिममा भने फरक हुने छैन । ब्रिटिश गोर्खा सैनिकको भर्ना हुनुअघि र भर्ना भइसकेपछि कठोर तालिम गनुपर्छ ।

भर्ना हुन इच्छुक उम्मेदवारहरुलाई ५५ एलबी अर्थात् झण्डै २५ किलो बालुवाको भारी बोकाएर पहाडमा दौडाइन्छ । भारी बोकेर करिब तीन माइलको दुरी उनीहरुले ४८ मिनेटमा पूरा गर्नुपर्दछ ।

राम्रो तलब सुविधा हुने भएकाले नेपाली युवाहरुमा पनि ब्रिटिश सेनाको जागिरप्रति आकर्षण छ ।

प्रतिक्रिया दिनुहोस
एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...

उपमहासचिवमा लेखराज, रघुवीर र योगेश विजयी

     नेकपा एमालेको उपमहासचिवमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई विजयी...

एमाले महासचिवमा शंकर पोखरेल विजयी

    नेकपा एमालेको महासचिवमा शंकर पोखरेल विजयी भएका छन् । १२२८ मत...

दुई तिहाई मतसहित अध्यक्षमा केपी ओली विजयी

    नेकपा एमालेको ११औँ महाधिवेशनबाट अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन्...