केपी ओलीलाई गगनले भने – मेडिकल कलेजको कुरा पानीजहाजको गफ होइन



हाम्रो इकोनोमि

 

नेपाली कांग्रेसका नेता गगन थापाले मेडिकल कलेज खोल्ने कुरा पानीजहाज ल्याउने गफ जस्तो नभएको प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्झाएका छन् ।

 

डा केसीको समर्थनमा काठमाडौं माइतीघरदेखि बानेश्वरसम्म गरिएको प्रदर्शनपछि गरिएको कोण सभामा बोल्दै थापाले मेडिकल शिक्षा सम्बन्धि विधेयक माथेमा आयोगको प्रतिवेदन अनुसारनै ल्याउनुपर्ने बताए ।

 

थापाले चिकित्सा शिक्षा विधेयक संसदमा आइतबार पेस गर्नु अघि डा. गोविन्द केसी मार्फत जनताको आवाज सुन्न प्रधानमन्त्री ओलीलाई आग्रह गरे । मुनाफाखोर मेडिकल संचालकहरुको कुरा सुनेर आम नेपालीको विश्वासमा कुठाराघात नगर्न समेत उनले प्रधानमन्त्री ओलीलाई आग्रह गरे ।

 

सरकारी जागिरे रहेका  डा. केसीको संलग्नता र नियत माथि प्रश्न उठाउनेहरुलाई जवाफ दिदै थापाले भने, ‘ जसले आफ्नो जिवन छोड्ने आट गरेर हिडेको छ । उसलाई एउटा जागिर छोड्न कुनै समस्या छैन । डा. केसी फकिर हो जोगी हो उसलाई कुनै लोभ र मोह छैन ।’

 

नेपालकै सर्वस्विकार्य विज्ञहरु सम्मिलित माथेमा आयोगको प्रतिवेदनलाई टेकेर मेडिकल शिक्षा विधेयक ल्याउन डा केसी आमरण अनशन बसेको उल्लेख गर्दै थापाले प्रधानमन्त्री ओलीले कुन ज्ञानको आधारमा काठमाडौंमा नयाँ मेडिकल कलेज खोल्ने स्विकृति दिन लागि रहनु भएको छ भन्दै प्रश्न गरे ।

 

काठमाडौंकै जनप्रतिनिधि समेत रहेका थापाले काठमाडौंमा मेडिकल कलेज थप्न नहुने तर्क राखे । ताप्लेजुङ्गका सांसद योगेश भट्टराई र दार्चुला लगायतका कतिपय सांसदले नयाँ मेडिकल कलेज काठमाडौंमै खोल्न पाउनु पर्ने तर्कलाई खारेज गर्दै थापाले भने,’काठमाडौंमा मेडिकल कलेज खोल्न अनुमति दिने नाममा  ताप्लेजुङ्ग र दार्चुलालाई अन्याय नगर्नुहोस । काठमाडौंमा मेडिकल कलेज खोल्न दिने कुरा काठमाडौं बाहिरको समेत कलेज बन्द हुने अवस्था छ । ‘

 

विद्यार्थी पुगेपनि नपुगेपनि सबै काठमाडौंमै मेडिकल कलेज  थुप्रिने अवस्थामा मेडिकल शिक्षाको गुणस्तर समेत खस्कने थापाले बताए ।  उनले भने ,’जनप्रतिनिधिको हिसाबले पनि भन्छु  काठमाडौंमा मेडिकल कलेज आवश्यक छैन र खोल्न हुन्न।’

 

नेपाललाई मेडिकल हब बनाउने र विदेशी मुद्रा कमाउने भनेर नयाँ मेडिकल कलेज खोल्ने वकालत गर्ने प्रधानमन्त्री ओलीलाई थापाले सोधे, ‘तपाई उपचार गर्न मेडिकल हब बंगलादेश नगएर किन भारत र थाइल्याण्ड जानुभयो  । उनले भने हामिलाई गुणस्तरिय मेडिकल शिक्षा चाहिएको छ जुन कुरा माथेमा आयोगको प्रतिवेदनलाई टेकेर केसीले उठाएका छन् । मेडिकल शिक्षामा हामिलाई मुनाफाखोर व्यवपार चाहिएको छैन ।’

प्रतिक्रिया दिनुहोस
संसदको दुवै सदनको चालू अधिवेशन अन्त्य

     राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको चालू अधिवेशन अन्त्य गरेका छन् ।...

अडियोमा बोल्ने मान्छेहरूसँग मेरो चिनजान छैन : कृषि मन्त्री

    कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले सामाजिक सञ्जालमा सार्वजनिक भएको...

वडा अधिवेशनमा सहभागी हुन देउवाको आह्वान

    नेपाली कांग्रेसका निवर्तमान सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको १५औँ...

सरकारले सामाजिक सञ्जालका सामग्रीहरूको तथ्य जाँच गर्छ : सञ्चारमन्त्री

    सरकारले सामाजिक सञ्जालमा सम्प्रेषित सामग्रीहरूको तथ्य जाँच गर्ने भएको छ ।...