राजपा संसदीय दलको नेतामा ठाकुर चयन, राजेन्द्र महतो यसरी भए फाएर



हाम्रो इकोनोमि

 

संसदको तेस्रो ठूलो दल राष्ट्रिय जनता पार्टीले संयोजक महन्थ ठाकुरलाई संसदीय दलका नेता चयन गरेको छ ।

शनिबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकले ठाकुर सर्वसहमत नेता चयन भएका हुन् । नेतामा ठाकुरसहित अध्यक्ष मण्डलका अर्का नेता राजेन्द्र महतोले पनि दाबी गर्र्दै आएका थिए ।

दुई नेताको टकरावका कारण चुनाव सकिएको सात महिनापछि राजपाले दलको नेता चयन गरेको महासचिव केशव झाले जानकारी दिए । शनिबारको बैठकमा महतोले अडान छाडेपछि ठाकुर सर्वसहमत नेता चयन भएका हुन् ।

यसअघि शनिबार नेता चयनका लागि चुनाव हुने भनिए पनि मंगलबारसम्म सहमतिको कोसिस गर्ने नेताहरुले जनाएका थिए । तर, शनिबारकै बैठकमा महतोले अडान छाडेपछि ठाकुरको नाममा सर्वसहमति भएको हो ।

राजपाबाट प्रतिनिधिसभामा १७ र राष्ट्रियसभामा दुई जना सदस्य छन् ।

प्रतिक्रिया दिनुहोस
संसदको दुवै सदनको चालू अधिवेशन अन्त्य

     राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको चालू अधिवेशन अन्त्य गरेका छन् ।...

अडियोमा बोल्ने मान्छेहरूसँग मेरो चिनजान छैन : कृषि मन्त्री

    कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले सामाजिक सञ्जालमा सार्वजनिक भएको...

वडा अधिवेशनमा सहभागी हुन देउवाको आह्वान

    नेपाली कांग्रेसका निवर्तमान सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको १५औँ...

सरकारले सामाजिक सञ्जालका सामग्रीहरूको तथ्य जाँच गर्छ : सञ्चारमन्त्री

    सरकारले सामाजिक सञ्जालमा सम्प्रेषित सामग्रीहरूको तथ्य जाँच गर्ने भएको छ ।...