राजपा संसदीय दलको नेतामा ठाकुर चयन, राजेन्द्र महतो यसरी भए फाएर



हाम्रो इकोनोमि

 

संसदको तेस्रो ठूलो दल राष्ट्रिय जनता पार्टीले संयोजक महन्थ ठाकुरलाई संसदीय दलका नेता चयन गरेको छ ।

शनिबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकले ठाकुर सर्वसहमत नेता चयन भएका हुन् । नेतामा ठाकुरसहित अध्यक्ष मण्डलका अर्का नेता राजेन्द्र महतोले पनि दाबी गर्र्दै आएका थिए ।

दुई नेताको टकरावका कारण चुनाव सकिएको सात महिनापछि राजपाले दलको नेता चयन गरेको महासचिव केशव झाले जानकारी दिए । शनिबारको बैठकमा महतोले अडान छाडेपछि ठाकुर सर्वसहमत नेता चयन भएका हुन् ।

यसअघि शनिबार नेता चयनका लागि चुनाव हुने भनिए पनि मंगलबारसम्म सहमतिको कोसिस गर्ने नेताहरुले जनाएका थिए । तर, शनिबारकै बैठकमा महतोले अडान छाडेपछि ठाकुरको नाममा सर्वसहमति भएको हो ।

राजपाबाट प्रतिनिधिसभामा १७ र राष्ट्रियसभामा दुई जना सदस्य छन् ।

प्रतिक्रिया दिनुहोस
एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...

उपमहासचिवमा लेखराज, रघुवीर र योगेश विजयी

     नेकपा एमालेको उपमहासचिवमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई विजयी...

एमाले महासचिवमा शंकर पोखरेल विजयी

    नेकपा एमालेको महासचिवमा शंकर पोखरेल विजयी भएका छन् । १२२८ मत...

दुई तिहाई मतसहित अध्यक्षमा केपी ओली विजयी

    नेकपा एमालेको ११औँ महाधिवेशनबाट अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन्...