पोखरा महानगरका वरिष्ठ अधिकृतको शव फेला, श्रीमती अर्कैसँग लागेको थहापाएपछि आत्महत्या गरेको खुलासा



हाम्रो इकोनोमि

 

२२ दिनअघि हराएका पोखरा महानगरपालिकाका महाशाखा प्रमुख ओमराज पौडेलको शव फेला परेको छ । शनिबार तनहुँ जिल्लाको  भिमाद नजिक सेती नदिमा घोप्टिएको अबस्थामा शव भेटिएको जिल्ला प्रहरी कार्यलय कास्कीले जनाएको छ। पौडेल यहि असार ९ गते बिहानदेखि हराईरहेका थिए ।

श्रीमती अर्कैसँग लागेको थहापाएपछि आत्महत्या गरेको खुलासा भएको छ । उनले उत्तकुरा सुसाइट नोटमा लेखेका छन ।

 

घरबाट हराउनु अघि पौडेलले परिवारलाई सम्बोधन गर्दै छोटो सुसाइट नोट लेखेका थिए । सुसाइट नोटमा उनले  ‘  कठै उर्मिला तिमिले यति धेरै  माया दिदा पनि जीवन भर साथ दिन सकिन । ३ वटा कोपिला तिम्रो जिम्मामा छोडेर जादै छु । राम्रोसँग बसे, चारै जना अलबिदा’ लेखेका छन् ।

 

शव भेटिएको जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थलमा पुगेर शव बाहिर निकाल्ने कार्य गरेको थियो । शव भेटिएको जानकारी पाएलगत्तै परिवारका सदस्य तथा आफन्तजन भिमाद पुगेर शव पहिचान गरी परीक्षणका लागि पोखरास्थित गण्डकी अस्पताल लगिएको छ । पौडेल हराएको लामो समय बितिसकेकाले शव गलेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...

उपमहासचिवमा लेखराज, रघुवीर र योगेश विजयी

     नेकपा एमालेको उपमहासचिवमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई विजयी...

एमाले महासचिवमा शंकर पोखरेल विजयी

    नेकपा एमालेको महासचिवमा शंकर पोखरेल विजयी भएका छन् । १२२८ मत...

दुई तिहाई मतसहित अध्यक्षमा केपी ओली विजयी

    नेकपा एमालेको ११औँ महाधिवेशनबाट अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन्...