नेकपाको सत्ता, चिकित्सक शिक्षा ऐन बेपत्ता’ माइतीघरमा लाग्यो यस्तो नारा



हाम्रो इकोनोमि

 

चिकित्सा क्षेत्र सुधारका लागि भन्दै १५ औं पटक दुई हप्तादेखि आमरण अनसनमा बसेका डा गोविन्द केसीको समर्थनमा शनिवार काठमाडौमा बृहत प्रदर्शन भएको छ । मध्यान्ह १२ बजेपछि काठमाडौंको माइतीघरबाट सुरु भएको प्रदर्शन बानेश्वरसम्म आइपुगेको थियो ।
प्रदर्शनमा आम नागरिकहरुको सहभागिता रहेको थियो । गोविन्द केसीको समर्थनमा नागरिक समाजका अगुवाहरुले कार्यक्रममा सहभागिता जनाएका थिए ।

 

प्रदर्शनमा सहभागीहरुले ‘ओली सरकारको मिसन, सिटामोलमा कमिसन’, ‘ओली सरकारको घडीमा माफियाको ब्याट्रि’, ‘नेकपाको सत्ता, चिकित्सक शिक्षा ऐन बेपत्ता’, ‘तिम्रो मार्सी भोजनले समाजवाद आउदैन’ जस्ता नाराहरु लगाएका थिए ।

 

प्रदर्शनमा डा केसीको विरोधमा रहेका नेकपाका मेडिकल माफिया निकट स्वार्थ समुहका नेता कार्यकर्ता बाहेकका कार्यकर्ता तहले पनि सहभागिता जनाएका थिए ।

 

केसीको मागको सुनुवाइको लागि अघिल्लो सरकारका पालामा ल्याइएको चिकित्सा शिक्षा अध्यादेशअनुसारको विधेयक जस्ताको तस्तै संसदमा पेश गर्न दवाव दिइरहेको कांग्रेसका नेता कार्यकर्ताहरु प्रदर्शनमा सहभागिता जनाएका थिए ।

 

सडकमा डा केसीको मागको सुनुवाइको लागि निरन्तर दवाव दिदै आएको विवेकशील साझाका नेता कार्यकर्ताहरु पनि प्रदर्शनमा सहभागी थिए । पुर्वप्रधानन्यायाधिश, पुर्व मन्त्रीदेखि सामाजिक अगुवाहरुको सहभागितामा सो प्रदर्शन भएको हो ।

 

प्रदर्शनमा माथेमा कार्यदलका संयोजक केदारभक्त माथेमा, चरण प्रसाईं, विवेकशील साझाका संयोजकद्वय उज्ज्वल थापा, रबिन्द्र मिश्र लगायतको पनि सहभागिता रहेको थियो भने नेपाल ट्रेड युनियन कांग्रेसले  संस्थागत रुपमै प्रदर्शनमा सहभागिता जनाएको थियो ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...