नेकपाको सत्ता, चिकित्सक शिक्षा ऐन बेपत्ता’ माइतीघरमा लाग्यो यस्तो नारा



 

चिकित्सा क्षेत्र सुधारका लागि भन्दै १५ औं पटक दुई हप्तादेखि आमरण अनसनमा बसेका डा गोविन्द केसीको समर्थनमा शनिवार काठमाडौमा बृहत प्रदर्शन भएको छ । मध्यान्ह १२ बजेपछि काठमाडौंको माइतीघरबाट सुरु भएको प्रदर्शन बानेश्वरसम्म आइपुगेको थियो ।
प्रदर्शनमा आम नागरिकहरुको सहभागिता रहेको थियो । गोविन्द केसीको समर्थनमा नागरिक समाजका अगुवाहरुले कार्यक्रममा सहभागिता जनाएका थिए ।

 

प्रदर्शनमा सहभागीहरुले ‘ओली सरकारको मिसन, सिटामोलमा कमिसन’, ‘ओली सरकारको घडीमा माफियाको ब्याट्रि’, ‘नेकपाको सत्ता, चिकित्सक शिक्षा ऐन बेपत्ता’, ‘तिम्रो मार्सी भोजनले समाजवाद आउदैन’ जस्ता नाराहरु लगाएका थिए ।

 

प्रदर्शनमा डा केसीको विरोधमा रहेका नेकपाका मेडिकल माफिया निकट स्वार्थ समुहका नेता कार्यकर्ता बाहेकका कार्यकर्ता तहले पनि सहभागिता जनाएका थिए ।

 

केसीको मागको सुनुवाइको लागि अघिल्लो सरकारका पालामा ल्याइएको चिकित्सा शिक्षा अध्यादेशअनुसारको विधेयक जस्ताको तस्तै संसदमा पेश गर्न दवाव दिइरहेको कांग्रेसका नेता कार्यकर्ताहरु प्रदर्शनमा सहभागिता जनाएका थिए ।

 

सडकमा डा केसीको मागको सुनुवाइको लागि निरन्तर दवाव दिदै आएको विवेकशील साझाका नेता कार्यकर्ताहरु पनि प्रदर्शनमा सहभागी थिए । पुर्वप्रधानन्यायाधिश, पुर्व मन्त्रीदेखि सामाजिक अगुवाहरुको सहभागितामा सो प्रदर्शन भएको हो ।

 

प्रदर्शनमा माथेमा कार्यदलका संयोजक केदारभक्त माथेमा, चरण प्रसाईं, विवेकशील साझाका संयोजकद्वय उज्ज्वल थापा, रबिन्द्र मिश्र लगायतको पनि सहभागिता रहेको थियो भने नेपाल ट्रेड युनियन कांग्रेसले  संस्थागत रुपमै प्रदर्शनमा सहभागिता जनाएको थियो ।

प्रतिक्रिया दिनुहोस
बाढी, पहिरो र डुबानमा परी हालसम्म २४६ को मृत्यु

    हालैको बाढी, पहिरो तथा डुबानमा परेर मृत्यु हुनेको संख्या दुई सय

चितवनमा प्रभु बैंकको एजुकेशन हबको शुभारम्भ

    बैदेशिक शिक्षाको अध्ययन गर्न जाने विद्यार्थीहरुलाई ऋण सहजताको लागि प्रभु बैंकले

दुर्गाका समर्थकले आगो लगाएका ट्रकका चालकको मृत्यु

    दुर्गा प्रसाईं पक्राउको विरोध गर्दै उनका समर्थकद्वारा आगजनी गरिएको भारतीय ट्रक

हेटौँडा-काठमाडौं जोडने सबै सडक मार्ग सुचारु

    गत असोज १०-१२ गते परेको अविरल वर्षापछि आएको बाढी पहिरोको कारण