संसदीय दलको नेता चयनमा राजपामा भनाभन, महन्थ र राजेन्द्रको बोलचाल बन्द



हाम्रो इकोनोमि

 

संसदको तेस्रो ठूलो दल राष्ट्रिय जनता पार्टीलाई संसदीय दलको नेता चयन गर्न सकस परेको छ । चुनाव सकिएको सात महिना भइसक्दासमेत राजपाले दलको नेता चयन गर्न सकेको छैन ।

 

पटक पटक बसेको संसदीय दल र राजनीतिक समितिको बैठकमा दलको नेता चयनबारे छलफल भए पनि अहिलेसम्म निर्णय हुन सकेको छैन । संयोजक महन्थ ठाकुर र अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोबीच प्रतिस्पर्धा हुँदा दलको नेता चयन हुन नसकेको हो ।

 

नेता चयनका लागि शनिबार (आज) चुनाव हुने भनिए पनि फेरि सहमितका लागि भन्दै तीन सयम थप गरिएको सांसद एकवाल मियाँले जानकारी दिए । उनका अनुसार मंगलबारसम्म सहमतिमै नेता चयन गर्ने प्रयास हुनेछ ।

 

पार्टीभित्र सहमतिमै दलको नेता चयन गर्न दबाब परे पनि ठाकुर र महतो दुवै पछि नहट्दा शनिबार नेता चयन हुन नसकेको हो । दलको बैठक शनिबार दिउँसो सिंहदरबारमा बोलाइएको छ । राजपाबाट प्रतिनिधिसभामा १७ र राष्ट्रियसभामा दुई जना सदस्य छन् ।

 

प्रतिक्रिया दिनुहोस
एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...

उपमहासचिवमा लेखराज, रघुवीर र योगेश विजयी

     नेकपा एमालेको उपमहासचिवमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई विजयी...

एमाले महासचिवमा शंकर पोखरेल विजयी

    नेकपा एमालेको महासचिवमा शंकर पोखरेल विजयी भएका छन् । १२२८ मत...

दुई तिहाई मतसहित अध्यक्षमा केपी ओली विजयी

    नेकपा एमालेको ११औँ महाधिवेशनबाट अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन्...