केसीको अवस्था जटिल, छिनछिनमा अर्धचेत, आज पनि केसीको समर्थनमा माइतीघरमा प्रदर्शन



 

राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश–२०७४ अनुसार नै ऐन बन्नुपर्नेलगायत स्वास्थ्य क्षेत्र सुधारका लागि सात सूत्रीय माग राखेर जुम्लामा अनशनरत डा गोविन्द केसीको स्वास्थ्य अवस्था थप जटिल बनेको छ ।

मस्तिष्कमा देखिएको समस्या कारण केसी छिनछिनमा अर्धचेत हुने गरेको उनका सहयोगी डा जीवन क्षेत्रीले जानकारी दिए।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा अनशनरत डा केसीमा छाती दुख्ने, कमजोरीले चक्कर लाग्ने, वाकवाकी हुने, पेट दुख्ने, पिसावमा बढी किटोनजस्ता समस्या देखिएको डा क्षेत्रीले बताए।

चिकित्सा क्षेत्र सुधारका लागि भन्दै १५ औं पटक दुई हप्तादेखि आमरण अनसनमा बस्नु भएका डा गोविन्द केसीको समर्थनमा शनिवार काठमाडौमा बृहत प्रदर्शन हुने भएको छ।

प्रदर्शनमा आम नागरिकतहको सहभागिता हुने अपेक्षा गरिएको छ। नागरिक समाजका अगुवाहरु कार्यक्रममा सहभागिता जनाउँदै छन्।

डा केसीको विरोधमा रहेको नेकपाका मेडिकल माफिया निकट स्वार्थ समुहका नेता कार्यकर्ता बाहेकका कार्यकर्ता तहले पनि कार्यक्रममा सहभागिता जनाउँदै छन्।

केसीको मागको सुनुवाइको लागि अघिल्लो सरकारका पालामा ल्याइएको चिकित्सा शिक्षा अध्यादेश अनुसारको विधेयक जस्ताको तस्तै संसदमा पेश गर्न दवाव दिइरहेको काँग्रेसका नेता कार्यकर्ताहरु प्रदर्शनमा सहभागि हुँदैछन्।

सडकमा डा केसीको मागको सुनुवाइको लागि निरन्तर दवाव दिदै आएको विवेकशिलका साझाका नेता कार्यकर्ताहरु पनि प्रदर्शनमा सहभागि हुँदैछन्।

पुर्वप्रधानन्यायाधिश, पुर्व मन्त्रीदेखि सामाजिक अगुवाहरुको सहभागीतामा काठमाडौको माइतीघर मण्डलामा प्रदर्शन गर्ने तयारी भएको छ।

मध्यान्ह १२ बजेपछि हुने प्रदर्शनमा पुर्वप्रधानन्याधिशद्धय शुशीला कार्की र कल्याण श्रेष्ठ, पुर्व स्वास्थ्य मन्त्री तथा काँग्रेस नेता गगन थापा,  माथेमा कार्यदलका संयोजक केदारभक्त माथेमा, नागरिक अगुवाहरु कृष्ण पहाडी, चरण प्रसाईं, विवेकशिल साझाका संयोजकद्वय उज्ज्वल थापा, रबिन्द्र मिश्र लगायत सहभागी हुने जनाइएको छ ।

नेपाल ट्रेड युनियन काँग्रेस संस्थागत रुपमै प्रदर्शनमा सहभागि हुँदैछ।

डा केसी १५ औँ पटकको अनसन बसेको १५औं दिन भइसक्दा पनि सरकारले समस्या समाधानतर्फ चासो नदिएको भन्दै अभियन्ताहरुले सरकारलाई दवाव दिन सडकमा उत्रिनु परेको बताएका छन् ।

 

प्रतिक्रिया दिनुहोस
बाढी, पहिरो र डुबानमा परी हालसम्म २४६ को मृत्यु

    हालैको बाढी, पहिरो तथा डुबानमा परेर मृत्यु हुनेको संख्या दुई सय

चितवनमा प्रभु बैंकको एजुकेशन हबको शुभारम्भ

    बैदेशिक शिक्षाको अध्ययन गर्न जाने विद्यार्थीहरुलाई ऋण सहजताको लागि प्रभु बैंकले

दुर्गाका समर्थकले आगो लगाएका ट्रकका चालकको मृत्यु

    दुर्गा प्रसाईं पक्राउको विरोध गर्दै उनका समर्थकद्वारा आगजनी गरिएको भारतीय ट्रक

हेटौँडा-काठमाडौं जोडने सबै सडक मार्ग सुचारु

    गत असोज १०-१२ गते परेको अविरल वर्षापछि आएको बाढी पहिरोको कारण