स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चिकित्सक तथा स्वास्थ्यकर्मीलाई बन्द हड्ताल नगर्न निर्देशन, गरे पक्राउ गरी थुन्ने चेतावनी



हाम्रो इकोनोमि

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चिकित्सक तथा स्वास्थ्यकर्मीलाई बन्द हड्ताल नगर्न निर्देशन दिएको छ।

 

जुम्लामा अनसनरत डा.गोविन्द केसीको मागमा सरकार गम्भीर नभएको भन्दै चिकित्सक संघको नेतृत्वमा आन्दोलनका कार्यक्रम हुन थालेपछि मन्त्रालयले निर्देशनात्मक पत्र पठाउँदै वर्षाको मौसम भएकाले प्राकृतिक प्रकोप, बाढी,पहिरो र सरुवा रोगको संक्रमणले प्रभावित गर्ने भएकाले देशभरका स्वास्थ्य संस्थाका कर्मचारीलाई नियमित कामकाजमा रहन तथा अनुमतिबिना बिदा नबस्‍न निर्देशन दिइएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चिकित्सक तथा स्वास्थ्यकर्मीलाई बन्द हड्ताल नगर्न निर्देशन गरेको छ । गरे पक्राउ गरी थुन्ने चेतावनी पनि दिएको छ ।

 

मन्त्रालयका सहसचिव मधुसुदन बुर्लाकोटीले देशभरका स्वास्थ्य संस्थाका नाममा निर्देशनात्मक पत्र जारी गरी यो समयमा बन्द, हड्ताल नगर्न र बिदा नबस्न निर्देशन दिए।

 

निर्देशन अवज्ञा गरी बिदामा बस्ने तथा बन्द र हड्ताल गरेमा कारबाही हुने चेतावनी दिँदै सहसचिव बुर्लाकोटीले उल्लेखित क्रियाकलाप गरेको/गराएको पाइएमा आवश्यक सेवा सञ्चालन ऐन २०१४ को दफा ३ को उपदफा १ ले दिएको अधिकार प्रयोग गरी कारबाही गर्न मन्त्रालय बाध्य हुने स्पष्ट पारे।

 

यता नेपाल चिकित्सक संघले भने डा केसीको जीवन रक्षाका लागि आकस्मिक बाहेकका सेवा ठप्प पार्नेसम्मको चरणबद्ध आन्दोलन गर्ने घोषणा गरिसकेको छ।

 

यसैबीच, नेपाल चिकित्सक संघले छुट्टाछुट्टै समयमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल, काँग्रेसका सभापति शेरबहादुर देउवा, प्रकाशमान सिंह, नयाँ शक्ति नेपालका संयोजक डा.बाबुराम भट्टराई र विवेकशील साझा पार्टीका संयोजक रविन्द्र मिश्र र उज्ज्वल थापालगायतलाई भेट गरी जीवनरक्षाका लागि अविलम्ब निकास निकाल्ने वातावरण सिर्जना गरिदिन अपिल गरेको छ।

 

संघका महासचिव डा लोचन कार्कीले संघीय समाजवादी फोरम नेपाल, राष्ट्रिय जनता पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा लगायत अन्य राजनीतिक दलका नेताहरुसमक्ष भेट गरी आन्दोलनको वास्तविकता र डा. गोविन्द केसीको जीवनरक्षाका लागि अविलम्ब निकास निकाल्ने वातावरण सिर्जना गरिदिन अपिल गर्ने पनि जानकारी दिए।

प्रतिक्रिया दिनुहोस
टर्किस एयरको इन्जिनमा आगो लाग्यो, काेलकातामा आकस्मिक ल्याण्ड

    काठमाडौंबाट टर्कीको इस्तानबुलका लागि उडान भरेको टर्किस एयरलाइन्सको जहाजमा प्राविधिक समस्या...

एमालेको घोषणापत्रमा स्वतन्त्रता, स्वाभिमान, राष्ट्रियता, विकास र सुशासन आउँछ : ईश्वर पोखरेल

    नेकपा (एमाले) का नेता तथा काठमाडौं क्षेत्र नं ५ का प्रतिनिधिसभा...

संसद् पुनर्स्थापना नै लोकतन्त्र फर्काउने उपाय : राजन भट्टराई

    नेकपा (एमाले) का सचिव तथा काठमाडौं क्षेत्र नं ४ का प्रतिनिधिसभा...

सरकार निर्वाचन सार्ने षडयन्त्रमा छ : एमाले

    नेकपा (एमाले) का उपाध्यक्ष एवं निर्वाचन परिचालन कमिटीका संयोजक रामबहादुर थापाले...