प्रचण्डले भने ओली सरकारले १०० दिनमा केहीपनि गर्न सकेन, बजेट पनि पुरै हावादारी



-नेकपाका अध्यक्ष प्रचण्डले सरकारको एक सय दिनको कामबाट सन्तुष्ट हुने ठाँउ नदेखिएको बताएका छन् ।

तत्कालीन एमालेको मुखपत्र नवयुगको असार अंकमा प्रकाशित अन्तर्वार्तामा प्रचण्डले सरकारको कामदेखि काँग्रेसले लगाएको अधिनायकवादसम्मबारे आफ्नो धारणा राखेका छन् ।

केपी ओली नेतृत्वको सरकार फागुन ३ मा गठन भएको थियो ।

सरकारको एक सय दिन जेठ १३ गते पुरा भएको थियो ।

अन्तर्वार्तामा प्रचण्डले अधिनायकवादको कुरा असाध्यै पूर्वाग्रही र बिक्षिप्त मानसिकताका साथ आएको दावी गरेका छन् ।

उनले अब आफ्ना दिन गए भन्ने ठान्नेहरूले यसको कुप्रचार गरेको प्रचण्डको भनाई छ ।

 

० कमरेड केपी शर्मा ओली नेतृत्वको सरकारले सय दिन पूरा गरेको छ । यही सेरोफेरोमा आइपुग्दा सङ्घीय समाजवादी फोरमलाई पनि सरकारमा ल्याउनुभएको छ । राष्ट्रिय जनता पार्टीलाई पनि गठबन्धनभित्र समेट्ने प्रयास जारी छ । सरकारको सय दिनको कामलाई कसरी मूल्याङ्कन गर्नुभएको छ रु यसबाट सन्तुष्ट हुनुहुन्छ ?

– सय दिनको सरकारको कामबाट धेरै सन्तुष्ट हुने ठाउँ त देखिएको छैन । तर, असन्तुष्टै हुनुपर्ने पनि छैन । केही महŒवपूर्ण काम भएका छन् । जस्तै : प्रधानमन्त्रीको भारत भ्रमण भएको छ, भारतीय प्रधानमन्त्रीले नेपाल भ्रमण गर्नुभएको छ । गम्भीर भनिएको विराटनगरबाट भारतीय फिल्ड अफिस हटाउनेजस्तो राष्ट्रिय हितसँग जोडिएको काम सम्पन्न भएको छ ।

 

सरकारले सुशासनको पक्षमा निरन्तर प्रतिबद्धता व्यक्त गरिरहेको छ । त्यसले पनि सकारात्मक सङ्केत दिएको छ । सिन्डिकेट तोड्ने, भ्रष्टाचार, तस्करी र ढिलासुस्ती नियन्त्रण गर्नेजस्ता कामहरू अघि बढिरहेका छन् । तर, हामीले चुनावका बेला जनताको अगाडि गरेको सुशासन, स्थिरता र विकासले नयाँ गति लिन्छ भनेजस्तो अलिक उत्साहपूर्ण ढङ्गले भयो है भनेजस्तो चाहिँ अलि भएको छैन । त्यसका पछाडि एउटा मुख्य कारण त पार्टी एकता नै थियो ।

 

पार्टी एकता हुन्छ कि हुन्न भन्नेतर्फ नै जनता, कार्यकर्ता मात्र होइन, कर्मचारीको पनि ध्यान केन्द्रित रह्यो । त्यतिमात्र होइन, सुरक्षा निकायदेखि अन्तर्राष्ट्रिय शक्ति र छिमेकी देशको पनि ध्यान त्यही“ केन्द्रित थियो । एकता भयो भने देश एउटा ढङ्गले अघि बढ्छ, भएन भने अर्को ढङ्गले जान्छ भन्ने सबैले अनुमान गरेका थिए । हामी नेतृत्व एकता हुन्छ भन्नेमा प्रस्ट नै थियौं ।

 

केही छलफल भए पनि जनतासँग बाचा–कबुल गरेकाले गर्नैपर्छ भन्नेमा थियौं । तर, छलफलका बेलामा हुने अलिअलि उतारचढाव देख्नेबित्तिकै बाहिर मान्छेले चा“हिअब एकता हुँदैन क्यारे भनेर सरकार कमजोर पो हुने हो कि भन्ने ठानेका थिए । त्यसैले, सरकारले अपेक्षाअनुसार सय दिनभित्र काम नगर्नुको मुख्य कारण यही नै थियो ।

 

अब पार्टी एकता भइसकेकाले पाँच वर्षसम्म स्थिर सरकार चल्ने सुनिश्चितता भएको छ । त्यसमाथि तपाईंले भनेजस्तै सङ्घीय समाजवादी फोरम पनि सरकारमा सामेल भइसकेको छ । अब त सरकार दुई तिहाइ बहुमतको बनि नै सक्यो । अब कर्मचारीतन्त्र, सुरक्षा निकायको सञ्चालन, सुशासन, भ्रष्टाचार नियन्त्रण र विकास निर्माणलाई गति दिने कुरामा आशङ्का गर्नुपर्ने ठाउँ छैन ।

 

प्रधानमन्त्री र अन्य नेतृत्वका साथीहरूसँग कुरा गर्दा पनि अबचाहिँ गियर बदलेर गतिका साथ कुद्ने बेला भयो भन्ने महसुस भएको छ । मलाई विश्वास छ, अब सरकारले गति लिन्छ ।

० अन्तर्राष्ट्रिय स्तरमा राम्रो सन्देशको व्याख्या गर्नुभयो, तर एकतापछि एउटा भ्रम फैलाउन खोजिएको छ, नेपालमा कम्युनिस्टहरू आएकाले अधिनायकवाद सुरु हुन्छ, दमन सुरु हुन्छ, लोकतन्त्र कमजोर हुन्छ । यो भ्रमलाई कसरी चिर्न सकिन्छ ?

 

म एउटा मात्रै तथ्यबाट यो कुराको खण्डन गर्न चाहन्छु । युरोप, अमेरिका र छिमेकी भारतमा पनि लोकतन्त्र, बहुदलीय प्रतिस्पर्धासहितको शासन प्रणाली ल्याउन उदारवादी अथवा बुर्जुवाहरूको त्याग र बलिदानको योगदान छ । नेपालमा चाहिँ कम्युनिस्टहरूको त्याग, बलिदान र सक्रियताबाट लोकतन्त्र आएको कुरा सबै अन्तर्राष्ट्रिय समुदायले बुझ्नुपर्छ ।

 

हामी नेपालका कम्युनिस्टहरूले हिजो बुर्जुवाहरूले अन्यत्र गरेको क्रान्ति यहाँ गरेका छौं । लोकतन्त्र, गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता र समावेशिता ल्याउने काममा सबैभन्दा बढी रगतपसिना कम्युनिस्टहरूले नै बगाएका छौं । त्यसकारण रिस र डाह गर्नुपर्ने कारण नै छैन ।

 

लोकतन्त्र, गणतन्त्र र धर्मनिरपेक्षताका लागि यति धेरै रगतपसिना बगाएका छौं भने यसको रक्षाका लागि हामीलाई जति अरू कसलाई माया छ रु लोकतन्त्रको रक्षा होस्, समृद्धि होस्, देशको विकास होस् भन्ने चाहना नेपालका कम्युनिस्टहरूलाई छ । कम्युनिस्ट भन्नेबित्तिकै परम्परागत जडसूत्रवादी ढङ्गले हेर्ने आँखाबाट केहीले तपाईंले भनेजस्तो भन्लान्, तर हामी त लोकतन्त्रको च्याम्पियनका रूपमा स्थापित भएकै कारण त जनताले करिब दुई तिहाइ बहुमत दिएका छन् ।

 

अहिले हामी झन्डै दुई तिहाइबहुमतसहित सरकारमा छौं । नेपालमा अर्को विशिष्टता के छ त भने कम्युनिस्टहरूको सरकार भएर, कम्युनिस्टको नेतृत्वले चुनाव गराएर, चुनावमा कुनै हेराफेरी गरेर हाम्रो बहुमत आएको होइन । बरु, सरकार काङ्ग्रेसको थियो । उनीहरूको नेतृत्वमा हामीले विपक्षमा रहेर चुनाव लडेका हौं ।

 

त्यसकारण, यसबाट लोकतन्त्रप्रति नेपाली जनताको प्रतिबद्धता गहिरो छ र सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न कम्युनिस्टहरूले अग्रणी भूमिका खेलेकाले जनताले भोट हालेको कुरा त सीधासिधै छ नि त † त्यसैले, यहाँ अधिनायकवादको कुरा कहाँबाट आयो रु त्यो असाध्यै पूर्वाग्रही र बिक्षिप्त मानसिकताका साथ र अब हाम्रा दिन गए भन्ने ठान्नेहरूले गरेको कुप्रचारबाहेक केही होइन ।

प्रकाशित मिति : २९ असार २०७५, शुक्रबार  १६ : १५  बजे

प्रतिक्रिया दिनुहोस
वरिष्ठ उपाध्यक्ष र महासचिव पोखरेलबीच जुहारी

    नेकपा एमालेको विधानमाथि छलफल गर्न बसेको सचिवालय बैठक हिजो करिब १०

ईश्वर पोखरेलले ओलीलाई भने अब तपाईंले छोड्नुस्

    विधान महाधिवेशनको एजेण्डामाथि छलफल गर्न बसेको नेकपा एमाले सचिवालयको बैठक १०

एमालेमा ७० वर्षे उमेर हद र दुई कार्यकाल हटाइयो, पदाधिकारी १५ मात्र हुने

    नेकपा एमालेले पदाधिकारी संख्या १५ जनामा घटाउने भएको छ । बिहीबार

विद्या भण्डारी राजनीतिमा आउनुहुन्न : अध्यक्ष ओली

    प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्या भण्डारीलाई एमालेमा