सलमान खानलाई नेपाल ल्याउन नसकेपछि सिमान्त गुरुङ प्रहरी फन्दामा,ठगीको आरोप



हाम्रो इकोनोमि

 

महानगरीय प्रहरी अपराध महाशाखाले बलिउड सुपरस्टार सलमान खानलाई नेपाल ल्याउने नाममा ठगी गरेको भन्दै ओडिसी इन्टरटेनमेन्टका सिमान्त गुरुङलाई पक्राउ गरेको छ।

 

ओडिसीले सलमानलाई ल्याउने नाममा लाखौं रुपैयाँ उठाए पनि उनलाई ल्याउन नसकेर ठगी गरेको आरोप प्रहरीको छ। महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख एसएसपी धिरजप्रताप सिंहले अनुसन्धानका लागि सिमान्तलाई नियन्त्रणमा लिईएको बताए।

 

टुडिखेलमा हुने भनिएको सलमान खानको कन्सर्ट दुईपटक स्थगित भएको थियो। अन्तिमपटक गत मार्च १० गतेका लागि तय भएको उक्त कन्सर्ट विप्लप नेतृत्वको नेकपा माओवादीको चेतावनीका कारण स्थगित गर्नु परेको त्यतिबेला ओडिसी इन्टरटेन्मेन्टले जनाएको थियो।

ओडिसीले यसअघि नेपालमा ब्रायन एडम्स लगायत थुप्रै विश्व चर्चित कलाकारलाई नेपालमा ल्याईसकेको छ।

प्रतिक्रिया दिनुहोस
एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...

उपमहासचिवमा लेखराज, रघुवीर र योगेश विजयी

     नेकपा एमालेको उपमहासचिवमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई विजयी...

एमाले महासचिवमा शंकर पोखरेल विजयी

    नेकपा एमालेको महासचिवमा शंकर पोखरेल विजयी भएका छन् । १२२८ मत...

दुई तिहाई मतसहित अध्यक्षमा केपी ओली विजयी

    नेकपा एमालेको ११औँ महाधिवेशनबाट अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन्...