काँग्रेस नेता केसीले प्रधानमन्त्री ओलीलाई हाने यस्तो वाण, बालुवाटारमा भयो भागाभाग



हाम्रो इकोनोमि

 

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले डा गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बनिसक्दा पनि सरकारले वेवास्ता गरेको आरोप लगाएका छन् ।

 

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै केसीले सरकार निरंकुशता देखाएर चुपचाप बसेको आरोप लगाएका हुन् ।

 

“सरकार क्रुर भएर प्रस्तुत भएको छ । मानवता, अहिंसा र सत्यको भाषा सुनेको छैन । सरकार अंहकार र दम्भबाट पीडित भएको छ ।” केसीले भने ।

 

अदालतले दोषी ठहर गरेकालाई काखी च्याप्ने र जनताको आवाज उठाउनेलाई वेवास्ता गर्ने प्रवृत्ति सरकारले देखाएको भन्दै केसीले यस्ता प्रवृत्तिविरुद्ध कांग्रेस शसक्त रुपमा प्रस्तुत हुने बताए ।

केसीका मागसम्बन्धमा विगतमा सहमति भइसकेकाले अहिलेको सरकारले कार्यान्वयन गर्नुपर्ने केसीले बताए ।

 

“केपी ओली नै पहिलो पटक प्रधानमन्त्री हुँदा गोविन्द केसीसँग सम्झौता भएको थियो । म त्यसको साक्षी थिएँ । ति सम्झौताहरु अक्षरस पालना हुनुपर्छ ।” केसीले भने ।

 

“नैतिकता भन्ने चिज पनि राजनीतिमा हुन्छ । आफैँ सरकारमा हुँदा गरेका सम्झौता कार्यान्वयन नगर्ने रु एकम् लज्जाम परित्यजम, सर्वत्र विजयी भवेतं १ भनेर दुई तिहाईको नाममा नाङ्गै हिँड्नुहुन्छ भने त्यो जनताले फैसला गर्छ ।”

 

सरकारको दम्भ र हाकिमी शैलीको विरुद्धमा कांग्रेस एक भएर लड्ने केसीले बताए । विश्वविद्यालयको उपकुलपति र अस्पतालका डाक्टरलाई बन्दी बनाएर देश विकास नहुने केसीको तर्क छ ।

 

सरकारको प्रवृत्तिमा सुधार नभए पाँच वर्ष नटिक्ने केसीको दाबी छ । “यही ढंग रहिरह्यो भने सरकार पाँच वर्ष काम गर्न पाउँदैन । निरङ्कुशता बढ्दै गयो भने जनताले नै सरकार ढाल्छन् ।” केसीले बताए ।

प्रतिक्रिया दिनुहोस
नवनिर्वाचित राष्ट्रिय सभा सांसदहरूको शपथ

    माघ ११ गते सम्पन्न राष्ट्रिय सभा निर्वाचनबाट निर्वाचित भएका सांसदहरूले शपथ...

नीति र नेतृत्वलाई जनताले अस्वीकार गरे : योगेश

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले हालै सम्पन्न निर्वाचनको परिणामले पार्टीको नीति...

कार्की आयोगले बुझायो जेनजी आन्दोलनको प्रतिवेदन

    गत भदौमा भएको नेपालमा भएको जेनजी आन्दोलनमा भएका घटना र सरकारी...

ताप्लेजुङमा एमालेका क्षितिज थेबे विजयी

    प्रतिनिधिसभा सदस्यका लागि ताप्लेजुङबाट नेकपा (एमाले)का उमेदवार क्षितिज थेबे विजयी भएका...