काँग्रेस नेता केसीले प्रधानमन्त्री ओलीलाई हाने यस्तो वाण, बालुवाटारमा भयो भागाभाग



 

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले डा गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बनिसक्दा पनि सरकारले वेवास्ता गरेको आरोप लगाएका छन् ।

 

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै केसीले सरकार निरंकुशता देखाएर चुपचाप बसेको आरोप लगाएका हुन् ।

 

“सरकार क्रुर भएर प्रस्तुत भएको छ । मानवता, अहिंसा र सत्यको भाषा सुनेको छैन । सरकार अंहकार र दम्भबाट पीडित भएको छ ।” केसीले भने ।

 

अदालतले दोषी ठहर गरेकालाई काखी च्याप्ने र जनताको आवाज उठाउनेलाई वेवास्ता गर्ने प्रवृत्ति सरकारले देखाएको भन्दै केसीले यस्ता प्रवृत्तिविरुद्ध कांग्रेस शसक्त रुपमा प्रस्तुत हुने बताए ।

केसीका मागसम्बन्धमा विगतमा सहमति भइसकेकाले अहिलेको सरकारले कार्यान्वयन गर्नुपर्ने केसीले बताए ।

 

“केपी ओली नै पहिलो पटक प्रधानमन्त्री हुँदा गोविन्द केसीसँग सम्झौता भएको थियो । म त्यसको साक्षी थिएँ । ति सम्झौताहरु अक्षरस पालना हुनुपर्छ ।” केसीले भने ।

 

“नैतिकता भन्ने चिज पनि राजनीतिमा हुन्छ । आफैँ सरकारमा हुँदा गरेका सम्झौता कार्यान्वयन नगर्ने रु एकम् लज्जाम परित्यजम, सर्वत्र विजयी भवेतं १ भनेर दुई तिहाईको नाममा नाङ्गै हिँड्नुहुन्छ भने त्यो जनताले फैसला गर्छ ।”

 

सरकारको दम्भ र हाकिमी शैलीको विरुद्धमा कांग्रेस एक भएर लड्ने केसीले बताए । विश्वविद्यालयको उपकुलपति र अस्पतालका डाक्टरलाई बन्दी बनाएर देश विकास नहुने केसीको तर्क छ ।

 

सरकारको प्रवृत्तिमा सुधार नभए पाँच वर्ष नटिक्ने केसीको दाबी छ । “यही ढंग रहिरह्यो भने सरकार पाँच वर्ष काम गर्न पाउँदैन । निरङ्कुशता बढ्दै गयो भने जनताले नै सरकार ढाल्छन् ।” केसीले बताए ।

प्रतिक्रिया दिनुहोस
दुर्गाका समर्थकले आगो लगाएका ट्रकका चालकको मृत्यु

    दुर्गा प्रसाईं पक्राउको विरोध गर्दै उनका समर्थकद्वारा आगजनी गरिएको भारतीय ट्रक

हेटौँडा-काठमाडौं जोडने सबै सडक मार्ग सुचारु

    गत असोज १०-१२ गते परेको अविरल वर्षापछि आएको बाढी पहिरोको कारण

अर्थ मन्त्रालयद्वारा स्रोत व्यवस्थापनको गृहकार्य सुरु

  अर्थ मन्त्रालयले बाढी पहिरोले गर्दा अर्थतन्त्रमा परेको प्रभाव र स्रोतको व्यवस्थापनबारे गृहकार्य

पूर्वराजा ज्ञानेन्द्र र भुटानी राजा जिग्मेबीच भेट

    भुटान भ्रमणमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहले भुटानी राजा जिग्मे खेसर नाम्गेल