ओली सरकारलाई खतरनाक र राष्ट्रघातीको संज्ञा दिदै धारेहात लाउने गजुरेल, आखिर कस्को छ यसमा झेल ?



नेकपा क्रान्तिकारी माओवादीले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई खतरनाक राष्ट्रघातीको संज्ञा दिएको छ ।

प्रदेश स्तरीय आफना कार्यकर्तालाई पार्टीको भावी योजना सहित प्रशिक्षण दिन सुनसरीको धरान आइपुगेका नेकपा क्रान्तिकारीका केन्द्रीय उपाध्यक्ष सिपी गजुरेलले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई खतरनाक राष्ट्रघाती सरकारको संज्ञा दिएका हुन् ।

शुक्रबार धरान १५ स्थित किरात याक्थुङ चुम्लुङ हिमको सभाहलमा एक दिने आफना प्रदेश स्तरीय कार्यकर्ताहरुलाई प्रशिक्षण पछि गरिएको पत्रकार सम्मेलनमा गजुरेलले सो कुरा बताएका हुन् ।

गजुरेलले ओली सरकार समृद्ध नेपाल सुखी नेपाली झुटा नारा दिई जनतालाई झुक्याउन खोजेको आरोप समेत लगाए । उनले पानी जहाजको विषय कोशी उच्च बाधसँग जोडिएको भन्दै कोशी बाँध बनाइयो भने राजमार्ग सबै डुबानमा पर्ने भएकाले नेपालको हितमा कोशीको डयाम नरहेको दाबी गरे ।

देशमा उत्पादनको काममा युवा वर्गलाई नलगाई देशको समृद्धि नआउने तर्क गर्दै उनले देशका हरेक युवालाई स्वदेश फर्काउनै पर्ने तथा रोजगारीको व्यवस्था मिलाउनुपर्ने माग गरे । उनले सरकारले कृषीमा लगानी गरेतापनि वास्तविक किसानले अनुदान नपाई अन्य ठुलठुला डिपार्टमेन्टले कृषिको नाममा अनुदान पाउँदै आएको बताए ।

गजुरेलले ओली सरकारले दुई तिहाई बहुमतको दम्भ नदेखाई तथा शिक्षा स्वास्थ्य, जस्ता कुराहरुलाई परिपुर्तिका निम्ति पहल गर्न ध्यानाकर्षण समेत गराएका थिए । त्यस्तै अर्को प्रसंगमा गजुरेलले सरकारमा रहेको कम्युुनिष्ट पार्टीहरुसँगको एकता गर्न सम्भव नरहेको बताउँदै सडक आन्दोलको विकल्प नरहेको बताए ।

साथै गजुरेलले सदनमा संविधान बनाउने कस्ले लिने भन्ने बिषयमा पार्टीहरुबीच प्रतिष्पर्धा चलिरहेको र राष्ट्रका प्रधानमन्त्री जस्ता ब्यक्तिले नचाहिने अभिब्यक्ति दिँदै हिँडेको समेत आरोप लगाए । उनले प्रधानमन्त्री केपी शर्मा ओलीले बार्षिक बिदेशबाट मगाएर २ करोड ५० लाख मुल्य बराबरको पानी मात्रै खाने गरेको गम्भीर आरोप समेत लगाएका थिए ।

पार्टीका केन्द्रीय सदस्यहरु तथा प्रदेश सदस्यहरुले आवको दिनमा पार्टीलाई अगाडी बढाउने अभियानमा लागेकोले सोही बमोजीम प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको पार्टीका सुनसरी जिल्ला ईन्चार्ज मनोज प्रधानले जानकारी दिएका छन् । साथै सोही पार्टीका विप्लव माओवादीसँग समेत विषयगत एकता गर्ने सम्भावना समेत रहेको सम्मेलनमा गजुरेले जानकारी दिएका छन् ।

 

प्रतिक्रिया दिनुहोस
दुर्गाका समर्थकले आगो लगाएका ट्रकका चालकको मृत्यु

    दुर्गा प्रसाईं पक्राउको विरोध गर्दै उनका समर्थकद्वारा आगजनी गरिएको भारतीय ट्रक

हेटौँडा-काठमाडौं जोडने सबै सडक मार्ग सुचारु

    गत असोज १०-१२ गते परेको अविरल वर्षापछि आएको बाढी पहिरोको कारण

अर्थ मन्त्रालयद्वारा स्रोत व्यवस्थापनको गृहकार्य सुरु

  अर्थ मन्त्रालयले बाढी पहिरोले गर्दा अर्थतन्त्रमा परेको प्रभाव र स्रोतको व्यवस्थापनबारे गृहकार्य

पूर्वराजा ज्ञानेन्द्र र भुटानी राजा जिग्मेबीच भेट

    भुटान भ्रमणमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहले भुटानी राजा जिग्मे खेसर नाम्गेल