भारतीय वरिष्ठ पत्रकार कल्पेश याग्निकको निधन



हाम्रो इकोनोमि

 

भारतीय वरिष्ठ पत्रकार कल्पेश याग्निकको निधन भएको छ । दैनिक भास्करका समूह सम्पादक कल्पेशको बिहिबार राति १०ः४५ बजे इन्दोरस्थित काम गरिरहेका बेलामा हृदयघात हुँदा तत्काल अस्पताल लगी निरन्तर तीन घण्टा उपचार जारी रहे पनि शुक्रबार बिहान २ः१५ बजे मृत घोषित गरिएको थियो ।

सन् १९६३ जुन २१ तारिखमा जन्मिएका कल्पेश प्रखर वक्ता र चर्चित पत्रकार थिए । उनको हरेक शनिबार दैनिक भास्करको अंकमा प्रकाशित हुँदै आएको ‘असम्भव के विरुद्ध’ स्तम्भ निकै चर्चित थियो ।

५५ वर्षमै ज्यान गुमाएका कल्पेशको घरमा आमा, पत्नी, दुई छोरी र भाइ रहेका छन् ।

भारतीय जनता पार्टीका अध्यक्ष अमित शाहले कल्पेशको निधनप्रति दुःख जनाएका छन् । मध्यप्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौहानले पनि दुःख व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...