भारतीय वरिष्ठ पत्रकार कल्पेश याग्निकको निधन



हाम्रो इकोनोमि

 

भारतीय वरिष्ठ पत्रकार कल्पेश याग्निकको निधन भएको छ । दैनिक भास्करका समूह सम्पादक कल्पेशको बिहिबार राति १०ः४५ बजे इन्दोरस्थित काम गरिरहेका बेलामा हृदयघात हुँदा तत्काल अस्पताल लगी निरन्तर तीन घण्टा उपचार जारी रहे पनि शुक्रबार बिहान २ः१५ बजे मृत घोषित गरिएको थियो ।

सन् १९६३ जुन २१ तारिखमा जन्मिएका कल्पेश प्रखर वक्ता र चर्चित पत्रकार थिए । उनको हरेक शनिबार दैनिक भास्करको अंकमा प्रकाशित हुँदै आएको ‘असम्भव के विरुद्ध’ स्तम्भ निकै चर्चित थियो ।

५५ वर्षमै ज्यान गुमाएका कल्पेशको घरमा आमा, पत्नी, दुई छोरी र भाइ रहेका छन् ।

भारतीय जनता पार्टीका अध्यक्ष अमित शाहले कल्पेशको निधनप्रति दुःख जनाएका छन् । मध्यप्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौहानले पनि दुःख व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...

उपमहासचिवमा लेखराज, रघुवीर र योगेश विजयी

     नेकपा एमालेको उपमहासचिवमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई विजयी...

एमाले महासचिवमा शंकर पोखरेल विजयी

    नेकपा एमालेको महासचिवमा शंकर पोखरेल विजयी भएका छन् । १२२८ मत...

दुई तिहाई मतसहित अध्यक्षमा केपी ओली विजयी

    नेकपा एमालेको ११औँ महाधिवेशनबाट अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन्...