नवाज शरिफलाई लाहौर एयरपोर्टबाटै पक्राउ गर्ने तयारीमा पाकिस्तान, हेलिकोप्टरबाट सिधै जेलमा कोच्न सरकारको उर्दी



हाम्रो इकोनोमि

 

पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज शरिफ आफ्नी छोरी मरियमसँग पाकिस्तान फर्किरहेका छन् । उनी शुक्रबार बिहान लण्डनबाट पाकिस्तान फर्किएका हुन् ।

 

पाकिस्तानको समाचार एजेन्सी ‘डन’ का अनुसार नवाज र मरियम लाहौरको अल्लामा इकबाल इन्टरनेशनल एयरपोर्टमा स्थानीय समयानुसार बेलुका सवा ६ बजे पुग्नेछन् । दुबै इतिहाद एयरवेजको फ्लाइट भ्थ्द्दद्धघ बाट अबू धाबीको हुँदै फर्किरहेका छन् ।

 

लण्डनबाट फर्किनु अघि मरियमले ट्ीवटरमा तस्बिर सेयर गरेकी छिन् । एउटा तस्बिरमा दुबै कुलसूम नवाजसँग बिदा भइरहेको देखिएका छन् जो लण्डनको एक हस्पिटलमा भर्ना भएका छन् ।

 

स्मरण रहोस्, नवाज र मरियमलाई लाहौर एयरपोर्ट पुग्नेबित्तिकै पक्राउ गरिनेछ र हेलिकोप्टरमार्फत इस्लामावाद पुर्याइनेछ । जानकारीका अनुसार उनलाई अडियाला जेलमा राखिने सम्भावना छ ।

 

विमानभित्र रेकर्ड गरिएको एउटा भिडियो मेसेजमा नवाजले भने, ‘देश मुश्किल स्थितीबाट गुज्रिरहेको छ । म जति गर्न सक्थेँ, त्यो मैले गरें । मलाई १० वर्षको जेल सजायँ सुनाइएको छ र मलाई सिधा जेल पुर्याइनेछ । तर पाकिस्तानी नागरिकले यो थाहा पाओस् भन्ने चाहन्छु कि यो सबै म उनीहरुका लागि नै गरिरहेको छु ।’

प्रतिक्रिया दिनुहोस
अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...