नवाज शरिफलाई लाहौर एयरपोर्टबाटै पक्राउ गर्ने तयारीमा पाकिस्तान, हेलिकोप्टरबाट सिधै जेलमा कोच्न सरकारको उर्दी



हाम्रो इकोनोमि

 

पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज शरिफ आफ्नी छोरी मरियमसँग पाकिस्तान फर्किरहेका छन् । उनी शुक्रबार बिहान लण्डनबाट पाकिस्तान फर्किएका हुन् ।

 

पाकिस्तानको समाचार एजेन्सी ‘डन’ का अनुसार नवाज र मरियम लाहौरको अल्लामा इकबाल इन्टरनेशनल एयरपोर्टमा स्थानीय समयानुसार बेलुका सवा ६ बजे पुग्नेछन् । दुबै इतिहाद एयरवेजको फ्लाइट भ्थ्द्दद्धघ बाट अबू धाबीको हुँदै फर्किरहेका छन् ।

 

लण्डनबाट फर्किनु अघि मरियमले ट्ीवटरमा तस्बिर सेयर गरेकी छिन् । एउटा तस्बिरमा दुबै कुलसूम नवाजसँग बिदा भइरहेको देखिएका छन् जो लण्डनको एक हस्पिटलमा भर्ना भएका छन् ।

 

स्मरण रहोस्, नवाज र मरियमलाई लाहौर एयरपोर्ट पुग्नेबित्तिकै पक्राउ गरिनेछ र हेलिकोप्टरमार्फत इस्लामावाद पुर्याइनेछ । जानकारीका अनुसार उनलाई अडियाला जेलमा राखिने सम्भावना छ ।

 

विमानभित्र रेकर्ड गरिएको एउटा भिडियो मेसेजमा नवाजले भने, ‘देश मुश्किल स्थितीबाट गुज्रिरहेको छ । म जति गर्न सक्थेँ, त्यो मैले गरें । मलाई १० वर्षको जेल सजायँ सुनाइएको छ र मलाई सिधा जेल पुर्याइनेछ । तर पाकिस्तानी नागरिकले यो थाहा पाओस् भन्ने चाहन्छु कि यो सबै म उनीहरुका लागि नै गरिरहेको छु ।’

प्रतिक्रिया दिनुहोस
एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...

उपमहासचिवमा लेखराज, रघुवीर र योगेश विजयी

     नेकपा एमालेको उपमहासचिवमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई विजयी...

एमाले महासचिवमा शंकर पोखरेल विजयी

    नेकपा एमालेको महासचिवमा शंकर पोखरेल विजयी भएका छन् । १२२८ मत...

दुई तिहाई मतसहित अध्यक्षमा केपी ओली विजयी

    नेकपा एमालेको ११औँ महाधिवेशनबाट अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन्...