खबरदार के तपाईंले लेन मिच्नु भो, घरमै फोन आउँछ, अनि पक्रेर लैजान्छ



 

तपाईं सडकमा सवारी गुडाउँदा कसरी गुडाउनुहुन्छ रु लेनको पालना गर्नुहुन्छ वा हुन्न रु तर, अब सवारी चलाउँदा लेन मिचियो अथवा लेन अनुशासन पालना गर्नुभएन भने होस गर्नुस्, तपाईंको घरमा नै फोन बज्नेछ ।

 

ट्रफिक प्रहरी महाशाखाले सवारी दुर्घटना कम गर्न र सवारी चालकलाई अनुशासित बनाउन भन्दै उपत्यकामा लेन अनुशासनको पालनामा कडाइ गरेको हो । यसका लागि महाशाखाले उपत्यकाका विभिन्न स्थानमा ‘सर्भिलेन्स भेइकल’ राखेको छ ।

 

महाशाखाका प्रमुख वसन्त पन्तले लेन अनुशासनको पालनामा जोड दिन र सवारी दुर्घटना कम गर्न उपत्यकाका विभिन्न स्थानमा ‘सर्भिलेन्स भेइकल’ राखिएको बताए । सो भेकल विशेष क्यामेरा जडित र चारै क्षेत्रको सडक अनि सवारीको अवस्थाको रेकर्ड राख्न सक्ने विशेष किसिमको रहेको उनले जानकारी दिए ।

 

पन्तका अनुसार सादा पोसाकमा खटाइएका ट्राफिक प्रहरी र विभिन्न स्थानमा जडित सीसी क्यामेरासहित सडकमा बसेका ट्रफिकसँगै भएको ‘गोब्रो’ क्यामेराले समेत लेन अनुशासनको रेकर्ड राख्नेछ ।

 

क्यामेराले खिचेका फुटेजका आधारमा ट्राफिक प्रहरीले यातायात व्यवस्था विभागसँग लेन मिच्ने वा जथाभावी लेन अनुशासन उल्लंघन गर्ने सवारी धनीको पूरा विवरण मागेर घरमा नै फोन गर्नेछ ।

 

यसरी फोन गर्दा ट्राफिक प्रहरीले सवारीले लेन मिचेको जानकारी गराउँदै ट्राफिक कार्यालयमा बोलाउनेछ । तीन पटकसम्म पनि आग्रह गर्दा सवारी धनी उपस्थित नभए सवारीसहित चालकलाई नियन्त्रणमा नै लिनेछ भने सवारी धनीलाई लेन मिचेको सवारीको फुटेजसमेत देखाउनेछ ।

 

‘पहिले सडकमा सवारी चलाउँदा भएको कमजोरीसहितको जानकारी सवारी धनीलाई दिनेछौं र ट्राफिक कार्यालय बोलाउँछौं, नआए पुनः खबर गर्छौं,’ महाशाखाका प्रमुख एसएसपी पन्तले भने, ‘तेस्रोपटक सम्म पनि फोन गर्दा उपस्थित नभए सवारी नियन्त्रणमा लिएर कारबाहीको प्रक्रियामा जान्छौं ।’

 

हाल महाशाखासँग रहेका दुईवटा ‘सभिलेन्स भेइकल’लाई महाशाखाले आवश्यकतानुसार स्थान छनोट गरेर राख्ने गरेको छ ।
यसैगरी रानीपोखरीमा रहेको सीसीटिभी मोनिटरिङ रुम र ट्राफिक महाशाखाको मोनिटरिङ रुमले समेत सडकको अवस्थाको मोनिटरिङ गरिरहेको छ ।

 

महाशाखाका प्रमुख पन्तले लेन अनुशासन पालना नगर्नेमा मोटरसाइकल र स्कुटरको संख्या अत्यधिक रहेको जानकारी दिए । उनका अनुसार लेन मिचेर फोन गरेर बोलाएपछि आउँदा ५ सयसम्म जरिबाना र लेन अनुशासनको कक्षासमेत दिइनेछ । तर, पटकपटक यो अवस्था दोहोरिए कारबाहीको दस्तुरसमेत दोब्बर हुँदै जानेछ ।

 

गत ११ जेठयता मात्रै हालसम्म ‘सर्भिलेन्स भेइकल’को रेकर्डअनुसार १७६ सवारी कारबाहीमा परिसकेका छन् । यस्तै, गत वर्षको माघ अन्तिम साताबाट सीसीटिभी अभियान सञ्चालन गरिएकोमा हालसम्म ६३४ जना सवारी चालकलाई कारबाही गरिसकेको महाशाखाले जनाएको छ ।

 

महाशाखाको रेकर्डअनुसार हालसम्म ६३४ जना कारबाहीको दायरामा आएका छन् भने १६८ जनालाई कारबाहीका लागि चिठी काटिएको छ । यस्तै, २५९ जना कारबाहीको प्रक्रियामा छन् भने ८५३ सवारीको अभिलेख ट्राफिक प्रहरीले खोजिरहेको छ । आजको राजधानीमा खवर छ ।

प्रतिक्रिया दिनुहोस
अर्थ मन्त्रालयद्वारा स्रोत व्यवस्थापनको गृहकार्य सुरु

  अर्थ मन्त्रालयले बाढी पहिरोले गर्दा अर्थतन्त्रमा परेको प्रभाव र स्रोतको व्यवस्थापनबारे गृहकार्य

पूर्वराजा ज्ञानेन्द्र र भुटानी राजा जिग्मेबीच भेट

    भुटान भ्रमणमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहले भुटानी राजा जिग्मे खेसर नाम्गेल

हाइटीमा गोली हानाहान हुँदा कम्तीमा ७० जनाको मृत्यु

    संयुक्त राष्ट्रसङ्घले शुक्रबार समस्याग्रस्त हाइटीमा एक गिरोहको गोली हानाहानमा महिला र

कार्बन बिक्रीबाट नेपालले एक अर्ब ६० करोड पाउने

    विश्व बैंकसँग भएको सम्झौताअनुसार नेपालले अबको एक महिनाभित्र कार्बन बिक्रीबाट एक